छ मुलुक र इरानबीचको नयाँ चरणको आणविक वार्ता

इरानी आणविक समस्याको समाधान गर्ने व्यावहारिक उपाय खोज्नका लागि अमेरिका, बेलायत, फ्रान्स, रुस , चीन र जर्मनि यी छ मुलुक र इरान बीचको नयाँ चरणको आणविक वार्ता आजदेखि टर्कीको इस्ताम्बुलमा सुरु भएको छ।

      वार्तामा सहभागी चिनियाँ परराष्ट्र मन्त्रीको सहायक उ हाइ लुङ्गले “सम्बन्धित पक्षले दृढता देखाएर यस वार्ताले प्रगति हासिल गर्ने” कुरा वार्ताअघि बताउनुभएको छ।

      इरानी प्रथम प्रतिनिधि सायद जालिलिले हिजो इरानले सक्रिय धारणा लिएर यस वार्तामा भाग लिने कुरा व्यक्त गर्नुभएको छ।

      यस वार्ताले इरानी आणविक योजनाको केन्द्रीय समस्या समाधान गर्ने “आर्थिक र व्यावहारिक” प्रगति सुरु गर्ने आशा अमेरिकाले गरेको कुरा अमेरिकी विदेशी मन्त्रालयका प्रवक्ता मार्क टोनरले हिजो व्यक्त गर्नुभएको छ।