फ्रान्सले अफ्गानिस्तानमा सैन्य गतिविधि निरन्तर रुपमा गर्ने कुरा फ्रान्सेली विदेश मन्त्रालयले हिजो व्यक्त गरेको छ। अल-काइदाका नेता बिन लादेनले फ्रान्सेली बन्धकको जीवनमार्फत फ्रान्ससँग अफ्गानिस्तानबाट हट्ने धम्की दिने भिडियो प्राप्त गरेको अवशरमा उक्त कुरा व्यक्त गरेको हो।
पत्रकार सम्मेलनमा फ्रान्सेली विदेश मन्त्रालयका प्रवक्ता बेर्मार्ड भलेरोको भनाइअनुसार, अफ्गानिस्तानमा तैनाथ नेटोको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय सुरक्षा सहायता सेनाको प्रारुपमा फ्रान्सले सैन्य गतिविधि गरेको हो। यो सहायता सेना संयुक्त राष्ट्र संघबाट अधिकार प्राप्त गरेर उसको लक्ष्य अफ्गानिस्तानको पुनः शान्ति, स्थिरता र विकासका लागि सहयोग दिने हो। फ्रान्सले अफ्गानिस्तानी जनता र साझेदारसँगसँगै यस लक्ष्य पूरा गर्न निरन्तर प्रयास गर्नेछ।
फ्रान्सेली बन्धकको स्वतन्त्रताका लागि बिन लादेनले फ्रान्ससँग अफ्गानिस्तानबाट हट्ने आग्रह गर्ने भिडियो अल जजिरा टेलिभिजनले हिजै प्रसारण गरेपछि श्री भलेरोले उक्त कुरा बताउनुभएको हो।