अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार, अफगानिस्तानको राजधानी काबुल भन्दा तीन सय नब्बे किलोमिटर टाढा जौज्जान प्रान्तमा हालै तालिवान सशस्त्र समूहका पचास जना सदस्यले अफगानिस्तान सरकार समक्ष आत्मसमर्पण गरेका छन्।
रक्षा मन्त्रालयका अनुसार, सो पचास जनाले स्थानिय सुरक्षा विभागमा बीस वटा तोप र आठ वटा मोटोरसाइकल पनि दिएका छन्।
हाल तालिवान सशस्त्र समूह र नेटो नेतृत्व अफगानिस्तानका लागि अन्तर्राष्ट्रिय सुरक्षा सहायता सेनाले सो घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन।