अर्घाखाँचीको सन्धिखर्कमा गुणस्तरीय शिक्षाका लागि प्रशिक्षक प्रशिक्षण तालिम शुरु

प्रेमनारायण आचार्य

-जिल्ला सहयोगी

अखाँटा-यूएई डेस्क -१२ माघ-नौलो घुम्ती नेपालको आयोजनामा गुणस्तरीय शिक्षाका लागि बिद्यालय क्षमता अभिबृद्धि कार्यक्रम अर्न्तर्गत अर्घाखाँचीको सन्धिखर्कमा आज देखि संग संगै प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।


सात दिन सम्म संचालन हुने तालिममा अर्घाखाँची,गोरखा र लमजुंगका गरि २४ जनाको सहभागिता रहेको छ । तालिममा एच्.आई.भी.एड्स,एस. टि.आई,लागु पदार्थ दर्र्ब्यसनी लगायतका बिषयमा प्रशिक्षण दिईने छ ।


तालिमको सहजीकरण युथ एक्सन नेपालका पुण्य भण्डारी , रुपा उप्रेती नौलो घुम्तीका फिल्ड अधिकृत कपिलप्रसाद पुरी, र बिरभल घलेले गर्नु हुनेछ ।


तालिमको उद्घाटन जिल्ला शिक्षा अधिकारी र्सर्ुयप्रसाद भुसालले मैन बत्ती प्रजवलन गरेर गर्नु भयो ।


उद्घघाटन समारोह शिबराज शर्मा सुबेदीको सभापतित्व,नौलो घुम्तीका सामाजिक परिचालक खिमप्रसाद मरासिनिको संचालन र बिरभल घलेको स्वागत मन्तब्यवाट सम्पन्न भएको हो ।

 

 

संचारकर्मी आचार्य रेडियो देउरालीका डेस्क प्रमुख तथा एभिन्युज टेलिभिजनका अर्घाखाँची सम्वाददाता हुन। 









अन्य समाचारहरु