खाचिकोट –सन्धिखर्क -७ बटुवामा रहेको देउराली मन्दिर उचित स्याहार संभार नपाउदा जिर्ण अवस्थामा पुगेको छ । अर्घाखाँचीको उत्तरी भेगका सहित सन्धिखर्क नगरपालिका र बजार आसपासका हिन्दु धर्ममा आस्था राख्ने भक्तजनहरुले सुपा देउरालीमा जान विभिन्न कारणले असमर्थ भएको अवस्थामा यहि पुजाआजा गरे दैविक फल प्राप्त हुने र मनोआकान्क्षा पुरा हुने बिश्वास रहेको पाइन्छ ।
हिन्दु धर्ममा आस्था राख्ने देविका भक्तजनहरुले सुपा देउरालीमा गरेको भाकल यहि मन्दिरमा आएर पूरा गरे सिद्द हुने बिश्वास रहेको पनि पाइन्छ ।
खास गरि देउराली माताको लागि भाकल गरिएका पाठापाठिहरु बलि दिने चलन रहेको यस मन्दिरको गौरवमय ईतिहास रहेको स्थानिय क्षेत्री बताउनु हुन्छ । लामो समय देखि स्थानिय र आगन्तुक भक्तजनको पहलमा संरक्षण गरिएको यो मन्दिर अहिले जिर्ण अवस्थामा पुगेको हुदा तत्काल यसको मर्मत सम्भार गर्नुपर्ने देखिएको छ ।
मन्दिरको छानो जिर्ण भएर चुहिने गरेको , पेटि भत्किएर जिर्ण भएको , देविका मौलोहरु धमिराले जिर्ण बनाएकोले तत्काल मर्मतको आवस्यकता रहेको स्थानिय युवा मधु केसिले बताउनुभयो ।
गच्छे बजार नजिकै रहेको यस मन्दिरको नामले यस ठाउको नाम बटुवा देउराली रहेको यहाका स्थानिय बिश्नु मगर बताउनुहुन्छ ।
यस मन्दिरमा परापुर्व काल देखिनै डिहिडांडाका स्थानियहरुले पुजा आजा गर्ने चलन रहेको स्थानिय पण्डित स्थानेश्वर पौडेलले अर्घाखाँची डटकमलाइ बताउनुभयो ।
थप तस्बिर : बटुवा देउराली मन्दिर तथा पुतली पौवा सन्धिखर्क ७ बटुवा देउराली अर्घाखाँची ।