– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची- द्धन्द्धको समयमा माओवादीबाट हत्या गरिएका काग्रेस समर्थित द्धन्द्ध पीडित परिवारहरु संगठित भएका छन ।
लामो समयसम्म राज्यले द्धन्द्ध पीडितलाई कुनै सुविधा नदिएको र वेवस्ता गरेकाले आफनो अधिकार खोज्न संगठित भएको बताएका छन । सन्धिखर्कमा भेला भएको द्धन्द्ध पीडितहरुको भेलाले सुदिप ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय द्धन्द्ध पीडित स्मृती प्रतिष्ठान गठन गरेका छन ।
प्रतिष्ठानको उपाध्यक्षमा हेमन्त वेल्वासे विष्णु क्षेत्री सचिवमा पुष्करनाथ पोखरेल र कोषाध्यक्षमा सृजना पोखरेल रहेका छन । सदस्यमा हिम्मत पोखरेल कमला न्यौपाने नारायण बेल्वासे सावित्रादेवी बेल्वासे विजय क्षेत्री र द्धारिका श्रेष्ठ रहेका छन । संगठित उनीहरुले माओवादीबाट हत्या गरिएका शहिदको शालिक निर्माण गर्ने भएका छन ।
जिल्लामा माओवादीबाट ८ जना काग्रेस नेता तथा कार्यकर्ताको हत्या भएको थियो । हालसम्म पनि देशमा स्थायी शान्ती नभएकाले शान्तीको लागि गाउँमा विषेश अभियान साचालन गर्नुका साथै अन्य द्धन्द्ध पीडितलाई पनि संगठित गर्दै जाने निर्णय भएको सचिव पोखरेलले बताए ।
द्धन्द्धमा राजनीति आस्थाकै कारण विभिन्न आरोप लगाएर माओवादीबाट हत्या भएकालाई राज्यले शहिद घोषणा गर्न दवावका साथै सत्य निरुपण आयोग गठन गर्न दवाव दिने उनले बताए ।