रुसका राष्ट्रपतिद्वारा इरानले आणविक हतियारको विकास गर्दैआएको प्रमाण नभएको कुरा व्यक्त

रुसका राष्ट्रपति दमिट्रि मेडभेडेभले इरानले आणविक हतियारको विकास गर्दैआएको कुनै प्रमाण नभएको बताउनुभयो।

श्री मेडभेडेभले हिजै डेवस विश्व अर्थतन्त्र मञ्चको उद्घाटन समारोहमा उक्त कुरा बताउनुभएको हो।

उहाँले हाल इरानको आणविक योजनाबारे इरानका राष्ट्रपतिसँग छलफल गर्नुभएको कुरा बताउनुभयो। इरानका राष्ट्रपतिले इरानले गर्दैआएको आणविक गतिविधि सुरक्षित भएको कुरा विश्वसमक्ष प्रमाण गर्नसक्ने आशा उहाँले व्यक्त गर्नुभयो।

 इरानले अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, चीन, रुस गरी छ मुलुकका प्रतिनिधिसँग यसै महिनाको 21 तारिखदेखि 22 तारिखसम्म इस्तान्बुलमा आणविक वार्ता पुनःशुरु गरेको थियो। तर दुई पक्षबीच युरेनियम सघन पार्नेआदि समस्याहरुमा विवाद रहेको कारणले गर्दा वार्तामा कुनै पनि व्यवहारिक प्रगति प्राप्त भएको थिएन।