रेडियोको देउराली अर्घाखाँचीको टाबरमा ढुंगामुढा,कर्मचारीलाई अभद्र ब्यबहार

प्रेमनारायण आचार्य

-जिल्ला सहयोगी

 


अखाँटा-यूएई डेस्क,अर्घाखाँचीको खन गाविसमा रहेको सामुदायीक रेडियो देउराली र नेपाल टेलिकमको टावर रहेको ठाउमा गएराति मानिसहरु गएर टाबरमा ढुंगामुढा गर्ने र टावरका कर्मचारीलाई अभद्र ब्यबहार गरि धम्की दिएका छन् ।

गए राति ८ जना अपरिचित मानिसहरु गएर टाबरमा ढुंगामुढा गर्ने र टावरका कर्मचारीलाई अभद्र ब्यबहार र धम्की दिएको टाबरका कर्मचारीको भनाई छ ।


रातीनै खनको जालकाडावाट झरेर फेरि मखात गाउमा गएर घरहरुमा ढोका हान्ने र मानिसहरुलाई थर्काउने गरेको स्थानीय वासिन्दाको भनाई छ । घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ।


घटनाको सामुदायीक रेडियो देउरालीका स्टेशन म्यानेजर बिष्णुप्रसाद भुसालले एक बिज्ञप्ती निकालेर घोर भर्तसना गर्नु भएको छ।साथै जिल्लाको माउ संचार सस्था अर्घाखाँची डट्कम् को बिदेश बिभाग ले समेत यस् कार्यको घोर भर्त्सना गर्दै अपराधी पत्तालगाउन सम्बन्धित निकाय समक्ष अनुरोध गरेको छ।

 

 

 

 

संचारकर्मी आचार्य रेडियो देउरालीका डेस्क प्रमुख तथा एभिन्युज टेलिभिजनका अर्घाखाँची सम्वाददाता हुन।



अन्य समाचारहरु