तरकारी खेतीबाट अर्घाखाँचीको सिम्ले गाउँमा करोडौ भित्रियो

– वीरेन्द्र केसी

 

सिम्ले अर्घाखाँची – तरकारी खेतीबाट जिल्लाको सिम्ले गाउँमा करोडौ रुपैयाँ भित्रिएको छ । भिरालो बारीमा अन्न खेती गर्न छाडेर व्यावसायिक तरकारी खेतीमा लगेका युवाहरुले राम्रो आम्दानी गर्न सफल भएका छन ।

 

सिम्ले गाउँमा तरकारी खेतीबाट वार्षिक झण्डै एक करोड रुपैयाँ भित्रिएको छ । सदरमुकाम देखी ५० किलोमिटर पुर्वमा पर्ने पणेना गाविसको सिम्ले गाउँमा सात वर्ष देखी गाउँका युवाहरुले तरकारी खेतीलाई निरन्तरता दिएका छन । गाउँका भिराला बारीमा अन्न खेती गर्न छाडेर पुरै जग्गामा व्यावसायिक तरकारी खेती मौलाएको छ । तरकारी खेतीबाट सिम्ले गाउँमा वार्षिक झण्डै एक करोड रुपैयाँ जति आम्दानी भैरहेको छ शिवशक्ति मिश्रित कृषक समुहका अध्यक्ष रेवतीराज पौडेलले भने भिरलो बारीमा तरकारी खेतीबाट राम्रो आम्दानी भएको छ । रोजगारीको लागि विदेश गएका युवाहरु घर फर्केपछि तरकारी खेती गर्न लागेको उनले बताए । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि भिराला बारीमा अन्न खेती गर्न छाडेर पुरै बारीमा व्यावसायिक रुपमा तरकारी खेती गरेका छन ।

 

तरकारी खेतीबाट सिम्ले गाउँ अँत्मनिर्भर बनेको छ । विदेशबाट घर फर्केका १३ जना युवाले सात वर्ष देखी व्यावसायिक तरकारी खेती गर्न लागेको पौडेलको भनाई छ । बारीमा मौसमी तथा बेमौसमी तरकारी खेतीबाट लाखौ अँम्दानी भएपछि गाउँका युवाहरु रोजगारको लागि विदेश जान छाडेर यही खेतीमा लागेका छन उनले भने गाउँका अधिकाशले ५० हजार देखी २ लाख भन्दा बढी वार्षिक रुपमा आम्दानी भैरहेको छ । तरकारीको आम्दानीले सिगो गाउँ परिवर्तन भएको छ । पौडेलले तरकारी खेतीबाट वार्षिक दुई लाख भन्दा बढी आम्दानी गरेका छन । राम्रो आम्दानी हुन थालेपछि बारीमा अन्न खेती गर्न छाडेको उनले बताए । उनले १० रोपानी भिरालो बारीमा व्यावसायिक रुपमा मौसमी तथा बेमौसमी तरकारी खेती मौलाएका छन । सिम्लेकै अर्का कृषक राम प्रसाद पौडेलले तरकारी खेतीबा वार्षिक डेढ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन । उनी सात वर्ष पहिले भारतको दिल्लीमा नोकरी छाडेर घरमा आई तरकारी खेतीमा लागेका छन ।

 

विदेशमा भन्दा आफनै देशको माटोमा दुख गरेपछि सुन फुलाउन सकिन्छ उनले भने अन्न खेतीमा भनदा तरकारी खेतीबाट घर खर्च देखी छोराछोरीलाई पढाउन धेरै सजिलो भएको छ । अन्न खेती गरेर छ महिना खान नपुग्ने भिराला बारीमा अहिले तरकारी खेतीबाट मनग्य आम्दानी भएपछि गाउँलेहरु तरकारी खेतीमा आर्कर्षित भएका छन । अर्का कृषक बुद्धिनाथ गौतमले परम्परागत खेती भन्दा तरकारी खेतीबाट तेब्बर आम्दानी भएपछि १५ रोपनी भिरालो बारीमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन । उनले तरकारी र सुन्तलाबाट वार्षिक चार लाख रुपैया आम्दानी भएको बताए । सदरमुकाम र ठुलो बजार नजिकै नभएकाले बिक्री गर्न भने समस्या भएको कृषकहरुको भनाई छ । गाउँमा व्यावसायिक तरकारी खेती गर्नेको सख्या ३० पुगेको छ ।

 

सिम्लेमा उत्पादन भएको तरकारी अर्घाखाँचीको दुर्गाफाँट पोखराथोक पाल्पाको तिनगिरे भुवानपोखरी र तानसेन बजारमा गाडीमा प्राय दैनिक रुपमा बिक्री गर्न लैजाने गर्छन । गाउँमा आलु गोपी खुसा्रनी भाण्डा सिमी मुला गाजर लुसन प्याज लगायत मौसमी तथा बेमौसमी तरकारी खेती बारीभरी उत्पादन भएका छन । गाउँका भिराला बारीमा तरकारी खेतीबाट सोचेभन्दा तेब्बर आम्दानी भएपछि हामि पाँच वर्षमै फेरियौ युवा कृषक भोजराज पौडेलले भने घरखर्च राम्ररी चलेको छ ।





अन्य समाचारहरु