उपचारका क्रममा जोहनेसवर्गस्थित अस्पतालमा रहेका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति मण्डेला डिस्चार्ज

नियमित स्वास्थ्य जाँचका लागि भन्दै अस्पताल भर्ना भएका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेलशन  मण्डेला दुई दिन पछि अस्पतालबाट डिस्चार्ज भएका छन्। अस्पतालमा भर्ना भएपछि पूर्व राष्ट्रपति  मण्डेलाको स्वास्थ्यका विषयमा सर्वत्र चासो बढीरहेको समयमा म48डेला अस्पतालबाट डिस्चार्ज भएको जानकारी ज्वाहानेशवर्ग स्थित मिलपार्क अस्पताल श्रोतले दिएको छ।

 

अस्पतालले म48डेलाका स्वास्थ्य स्थितिका विषयमा पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी दिएको हो। अस्पतालले म48डेलाको स्वास्थ्य स्थिति सामान्य रहेको पनि बताएको छ। मण्डेला क्षयरोग तथा श्वास प्रश्वासको समस्याबाट पीडित रहँदै आएका छन्। सन् दुई हजार चारमा पदबाट अवकाश लिएका  मण्डेलालाई दक्षिण अफ्रिकाका राष्ट्रपिताको रुपमा पनि लिने गरिन्छ।