अर्घाखाँचीको खाचिकोटमा रहेको जन सहयोग बचत तथा ऋण सहकारी संस्थाको नवौ वार्षिक साधारण सभा सम्पन्न

खाचिकोट, अर्घाखाँची – अर्घाखाँचीको खाचिकोट गाबिसमा रहेको श्री जन सहयोग बचत तथा ऋण सहकारी संस्थाको नवौ वार्षिक साधारण सभा सम्पन्न भएको छ।


साधारण सभा कार्यक्रम चन्द्र प्रभा माबि डिहीडाँडामा सम्पन्न कार्यक्रमको उद्घघाटन वयोव् द शेयर सदस्य भुपाल सिंह के.सी ले गरेका थिए। यसैगरी उक्त कार्यक्रमको सभापतित्व सस्थाका अदक्ष्य सिद्दी प्रसाद ज्ञवाली र सन्चालन तिर्थ राज अचार्यले गरेका थिए भने स्वागत भाषण शेयर सदस्य शिवहरी भट्टराईले गर्नुका साथै गाबिस सचिबले शुभकामना मन्तब्य दिएका थिए।


यसैक्रममा जिल्ला शहकारी सस्थाका अदक्ष्य ढुणी राज ज्ञवाली, गणेश बहादुर सिंह ( ट्रेड युनियन का अध्यक्ष ], युबराज आचार्य [सहप्र- चन्द्र प्रभा माबि ]को प्रमुख उपस्थिती रहेको थियो उक्त कार्यक्रममा सस्थाको आर्थिक प्रतिबेदन पिताम्बर भट्टराई पेस गरेका थिए। त्यस्तै लेखा प्रतिबेदन प्रितम बहादुर थापाले र सस्थाको सम-सामुहिक आर्थिक विवरण सस्थाका कोषाध्यक्ष दिना नाथ आचार्यले पेस गरेका थिए।


साथै हाल सम्म उक्त सस्थाका कुल सदस्य २५० जना रहेका र सेयर पुजी २,४६००० रहेको र जम्मा कुल बचत हाल सम्म २७,२१,०२६ रुपैया रहेको छ। हाल सम्म सस्थाले समुह भित्र रहेका सदस्यहरुलाई ऋण कम व्याज १३% का दरमा प्रबाह गरेको छ। यसैगरी सस्थाको निर्वाचनले नयाँ संचालक समितीको चयन गरेको भने उक्त सस्थाको निर्वाचनमा पुन पुरानै सदस्यहरुको बहुमत रहेको पनि प्राप्त समाचारमा उल्लेख गरिएको छ।




अन्य समाचारहरु