पूर्वि जर्मनीमा भएको रेल दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ भने अन्य दर्जनौ घाइते भएका छन्।
एक स्थानिय यात्रु वाहक रेल र मालवाहक रेल एक आपसमा जुध्दा सो दुर्घटना भएको हो। अधिकारीहरुले दुर्घटना मागदेबर्ग शहर नजिकै भएको जनाएका छन्।
दुर्घटनाको कारण अझै पनि स्पष्ट हुन सकेको छैन।