LIVE – अर्घाखाँचीडट्कमको बुझाई अनुसार इजिप्टका राष्ट्रपति मुहमद होस्नी मुबारकले आज इजिप्टका नागरिक उड्डयन मन्त्री अहमेद शाफिकलाई नयाँ सरकारको प्रधानमन्त्री तथा इजिप्टका जासूसी विभागका प्रमुख ओमार सुलैमानलाई उप-राष्ट्रपतिको पदमा नियुक्त गरेका छन।
करिब तीस वर्षदेखि इजिप्टको शासन गर्दै आएका राष्ट्रपति मुबारकले उप-राष्ट्रपति नियुक्त यो पहिलो पटक हो।
मुबारकले जनवरी 28 तारिख राति सम्बोधन गर्दै वर्तमान सरकारलाई राजीनामा दिन आग्रह गरेका थिए।
यसैगरी राष्ट्रपति होस्नी मुबारकले सरकार भंग गरेको भएता पनि आफू सत्ताबाट नहट्ने स्पष्ट पारेका छन्। राजधानी कायरो सहित देशका अन्य शहरमा मुबारकको राजिनामाको माग गर्दै फैलिएको विरोध प्रदर्शन अझ शशक्त बनेपछि उनले चालु सरकार भंग गरेका हुन्।
गत मंगलवारदेखि मुबारक विरुद्ध इजिप्टमा देशब्यापी रुपमा विरोध प्रदर्शन हुदै आएको छ।
मुबारकको राजिनामाको माग गर्दै भएको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा अहिलेसम्म कम्तिमा 100 जनाको मृत्यु भैसकेको छ।
अहिले पनि मुबारकको विरुद्ध कायरो, सूएज, अलेकजान्ड्रिया लगायत देशका प्रमुख शहरहरुमा दशौ हजार मानिसहरु प्रदर्शनमा उत्रिएका छन्। मुबारक लगभग ३० वर्षदेखि इजिप्टको सत्तामा रहदै आएका छन्।
इजिप्टबासीहरु बढ्दो मूल्य बृद्धि, बेरोजगारी, गरिवी र सरकारी भ्रष्ट्रचारका कारण मुबारक सरकारबाट दिक्क भएको राजनैतिक विश्लेषकहरु बताउँछन्। हालैका दिनहरुमा छिमेकी मुलुक ट्यूनिशियामा भएको सरकार विरोधी प्रदर्शनबाट इजिप्टबासीहरु प्रभावित बनेको उनीहरुको ठहर छ।
सरकारले प्रदर्शनकारीले शुक्रबार मस्जिदको प्रार्थना पछि बृहद प्रदर्शन गर्ने योजना बनाएको भन्दै सुरक्षा व्यावस्था कडा तुल्याइएको थियो। आन्दोलनकारीले इन्टरनेट, मोबाइल फोन र एसएमएस सेवा प्रयोग गरी आन्दोलन शसक्त पार्ने भन्दै सरकारले विहीवार नै ति सेवा अवरुद्ध गरिदिएको थियो। त्यसैगरी सरकार विरोधी आन्दोलन चलिरहेको समयमा त्यहाँका विपक्षी दलका नेता तथा अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी आइएइएका भूतपूर्व प्रमुख मोहम्मद एल बारादेइ स्वदेश फर्केका छन्।
विहीबार कायरो फर्केका उनले आफू जनताले शुरु गरेको आन्दोलनमा सहभागी भइरहेका छन्। लामो समयदेखि सत्तारुढ राष्ट्रपति होस्नी मुबारकले सत्ता छाड्नु पर्ने माग गर्दै शुरु भएको प्रदर्शन हिंसात्मक बन्न पुगेको छ। देशमा सरकारको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनिरहेको समयमा बारादेइ स्वदेश फर्केका हुन्। सरकारले प्रदर्शनमा सहभागी हुनेलाई मुद्धा चलाउने चेतावनी दिए पनि प्रदर्शन रोकिएको छैन। सरकारले बोरोजगारी समस्या जस्ता जनताका जायज मागका बारेमा सम्बोधन गर्न तयार रहेको बताए पनि प्रदर्शनकारीमाथि धरपकड जारी राखेको छ।
हालसम्म आन्दोलनमा सहभागी एक हजारलाई पक्राउ गरिसकिएको बताइएको छ। इजिप्ट आइपुगेका बारादेइले आफू पनि सरकार विरोधी आन्दोलनमा सहभागी हुने बताएका छन्। यद्यपी सरकारलाई सही कदम चाल्न बाध्य पार्नका लागि आफूलाई सडकमा जान परोस भन्ने इच्छा नभएको उनको भनाइ थियो। जनताले संक्रमणकालिन नेतृत्व लिन भनेमा आफुले उनीहरुलाई निरास नपार्ने उनको भनाइ थियो। बारादेइ राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी आइएइएको प्रमुखबाट पदावधी सकेर राजनीति गर्न स्वेदश फर्केका थिए।
उता सत्तारुढ दलका महासचिव सफ्वात अल