प्रचण्ड प्रधानमन्त्री भनेर पार्टीले कुनै निर्णय गरेको छैन एकीकृत नेकपा माओवादी स्थायी समितिका सदस्य टोपबहादुर रायमाझी जुझारु क्रान्तिकारी र प्रष्ट वक्ताको रुपमा चिनिनुहुन्छ । पार्टीभित्र उपाध्यक्ष डा। बाबुराम भट्टराईका खास मान्छेका रुपमा रहनु भएका रायमाझी मध्यममार्गी नेताको रुपमा पनि परिचित हुनुहुन्छ । बौद्धिक ब्यक्तित्वका धनी रायमाझीसँग ऋषि धमलाले गर्नुभएको कुराकानीको मुख्य अंशः
अबको सरकार सहमतिको कि बहुमतको बन्छ सहमतिको सरकार बन्नुपर्छ भन्ने हाम्रो पार्टीको दृष्टिकोण हो । यसले मात्र शान्ति र संविधानलाई सुनिश्चित गर्न सक्छ तर सहमतिको सरकार बन्न सकेन भने पनि शान्ति र संविधानको सुनिश्चितताकोलागी माओवादीको नेतृत्वमा बहुमतको सरकार बनाउन आवश्यक छ । त्यसो भए अबको प्रधानमन्त्री को त प्रधानमन्त्री को बन्छ भनेर म अहिले भन्न सक्दिन तर माओवादीको नेतृत्वमा सरकार बन्ने निश्चित भएपछि पार्टीले त्यस विषयमा निर्णय गर्छ । को होला त प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईमा हेर्नुस अहिलेसम्मको हाम्रो पार्टीको आधिकारिक निर्णय भनेको माओवादीको नेतृत्वमा सहमतिको सरकार गठन गर्न प्रयास गर्ने नै हो । कसलाई प्रधानमन्त्री बनाउने भनेर हामिले आधिकारीक निर्णय गरिसकेका छैनौ ।
अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय पार्टीले गरिसक्यो भनिन्छ नी त्यो मलाई थाहाँ छैन । ब्यक्तिको बारेमा पार्टीभित्र कुनै निर्णय भएको छैन । अहिलेसम्मको पार्टीको निर्णय भनेको शान्ति र संविधानको सुनिश्चितताकोलागी माओवादीकै नेतृत्वमा सहमतिको सरकार बनाउनु हो । त्यसको विकल्प पनि छैन । त्यसो भए अध्यक्ष प्रचण्डजी को सम्भावना छैन राजनीतिमा जसको पनि संभावना हुन सक्छ । हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्ने निश्चित भएको एक मिनेटमा हामि प्रधानमन्त्रीका उमेदवार घोषणा गरिदिन्छौ । माओवादीभित्र प्रधानमन्त्री को बन्ने भन्ने विवादका कारण यस्तो अवस्था आएको हो मेरो ब्यक्तिगत कुरा भन्नु हुन्छ भने सात पटक सम्म अध्यक्ष प्रचण्ड ज्यूले चुनाव हारिसक्नु भएको कारणले अब विकल्प दिनु पर्छ भन्ने हो । तर पार्टीले निर्णय गर्छ भने हामिलाई प्रचण्ड जी पनि स्विकार्यछ । काग्रेस र माओवादी वीचको गठबन्धनको सम्भावना चाँही कत्तिको छ नी माओवादीको नेतृत्वमा नेपाली काग्रेस सम्मिलित राष्ट्रिय सहमतिको सरकार मुलुकको आवश्यकता हो । माओवादी र काग्रेस मिलेर जादा मुलुकको सबै समस्या समाधान भएर जाने आधार तय हुन्छ । नेपाली जनताको चाहना पनि यहि हो । काग्रेसको नेतृत्वमा चाँही माओवादी सरकारमा जान सक्दैन त्यो सम्भावना न्यून छ ।
अहिलेको स्थितिमा संविधानसभाको सबैभन्दा ठुलो पार्टी र सेना समायोजनको प्रकृयामा अगाडि बढीसकेको अवस्थामा काग्रेसको नेतृत्वमा माओवादी सरकारमा जानु उपयूक्त हुँदैन । माओवादी काग्रेस मिलेर जानुपर्छ भनेर छलफल त तिब्र रुपमा भईरहेको छ त कुराकानी भईरहे पनि निर्णय भईसकेको छैन । माओवादीले आफ्नो नेतृत्वको दावी छाडेको छैन र छाड्दैन पनि । तर हेर्न बाँकी छ समय र परिस्थितिहरु कसरी अगाडि बढ्छ हेर्दै जाउँ । त्यसले नै आगामि गठबन्धनको निर्धारण गर्छ । रामचन्द्र पौडेल र शेरबहादुर देउवा मध्ये को उमेदवार बन्दा सहयात्रको सम्भावना छ अहिले हामि ब्यक्तिको बारेमा केही पनि भन्दैनौ । त्यो त काग्रेस पार्टीले कसलाई उमेदवार बनाउने भन्ने कुरा हो । त्यसैले हामि कसैको नाममा अहिलेनै किटान गर्ने पक्षमा छैनौ । झलनाथ खनालको सम्भावना चाँही कति छ नी उहाँ प्रधानमन्त्री बन्ने कुनै सम्भावना तत्काल म देख्दिन ।
तर माओवादीले त भित्री रुपमा खनाललाई समर्थन गर्ने निर्णय गरिसकेको छ रे नी त माओवादी पार्टीले त्यस्तो कुनै निर्णय गरेको छैन र गर्ने कुनै सम्भावना पनि छैन । हामि झलनाथजीलाई प्रधानमन्त्री बनाउन चाहदैनौ । किन किनकी अहिले पनि एमालेकै नेतृत्वमा सरकार छ । माधव नेपालजी गएर झलनाथ जी आउदा के नै फरक पर्ला र त्यसैले काग्रेस र एमालेको गठबन्धनले कुनै पनि निकास दिदैन । अध्यक्ष प्रचण्डले झलनाथलाई समर्थन गर्ने सहमति गर्नु भएको छ रे नी अध्यक्ष प्रचण्ड आफै प्रधानमन्त्री बन्न लागि पर्नु भएको छ । यस्तो अवस्थामा उहाँले झलनाथजीलाई समर्थन गर्ने सम्भावना रहँदैन । हाम्रो पार्टीले त्यस्तो निर्णय गरेको छैन र गर्दैन पनि । हामी आफ्नो अडानमा स्पष्ट छौ । झलनाथ खनालको पक्षमा निर्णय भए ह्विप उल्लघन गर्नु हुन्छ अहिले असम्भव कुरा नगरौ । पार्टीले त्यस्तो निर्णय गर्न सक्दैन । हामि गर्न पनि दिदैनौ ।
Editor’s Note: यस माथिको समाचार रिपोर्ट, रिपोर्टर क्लब नेपालका ॠषि धमलाले अर्घाखाँचीडट्कमलाई पठाएका हुन।