अर्घाखाँचीका कृषकहरु गाउँ-गाउँमा सडक पुगेपछि आधुनिक खेतीमा आकर्षित

सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँची जिल्लाका कृषकहरु आधुनिक खेतीमा आकर्षित भएका छन् । गाउँ-गाउँमा सडक पुगेपछि जिल्लाका कृषकहरु आधुनिक खेतीमा आकर्षित भएका हुन् ।

 

वर्षमा दुई पटकमात्र मकै र गहुँ जौको खेतीगर्ने यहाँका कृषकहरुले अहिले बाह्रै महिना आफ्नो खेतबारीमा नगदेबाली र तरकारीको खेती गर्न लागेका छन् ।

 

जिल्लामा आलु गोलभंेडा बन्दा काउली सिमी साग प्याज लसुन लगायतको तरकारी खेती गरी कृषकहरुले लाखौं रुपैंयाँ कमाउन थालेका छन् । कृषकहरुले पछिल्लो समयमा सुन्तला कागती मौसमी कफी अदुवा अलैँची खेतीबाट पनि मनग्य आम्दानी लिन थालेका छन् । गाउँ-गाउँमा सडक पुगेपछि आफ्नो उत्पादनहरुलाई बजारसम्म पुर् याउन सहज भएपछि आधुनिक खेतीमा आकर्षित भएको कृषकहरुको भनाइ छ ।

 

जिल्लामा ०४६ सालसम्म गोरुसिङ्गेदेखि सन्धिखर्कसम्म ६८ कि.मि. कच्ची सडक रहेकोमा हाल करीब १२ सय कि.मि सडक निर्माण भएको जिल्ला विकास समितिको कार्यालयले जनाएको छ । गाउँ-गाउँमा सडक पुगेपछि स्थानीय कृषकहरु नगदेबाली फलफुलका अतिरिक्त पशुपालन व्यवसायमा पनि निकै आकर्षित भएका छन् ।

 

कृषकहरुले गाई तथा भैंसी पालन गरी मनग्य आम्दानी गरेका छन् । जिल्लाको पणेना पटौटी हंसपुर खनदह अर्घातोष मरेङ भगवति गाविसका कृषकहरुले यसै वर्ष मात्र पनि करीब २ करोडको सुन्तला बिक्री गरेका छन् । जिल्लाको भगवती अर्घातोष मरेङ पटौटी पणेना पोखराथोकबाट गरी करीब १५ सय लिटर दूध प्रत्येक दिन बिक्री हुने गरेको कृषकहरुको भनाइ छ ।

 

अघिल्लो वर्षसम्म दुई तिहाई बढी बजेट सडकमा मात्र विनियोजन गर्दै आएको जिल्ला विकास समितिले यस वर्षदेखि आधुनिक कृषि र िसंचाईका योजनाहरुमा बढी बजेट विनीयोजन गरेर जिल्लालाई आत्मनिर्भर गर्ने तयारीमा रहेको स्थानीय विकास अधिकारी पुण्य बिक्रम पौडेलले बताए ।

 

राजनीतिक दलहरुको बीचमा रहेको राम्रो सम्बन्धका कारण अर्घाखाँचीले पछिल्लो दशक विकासमा निक्कै फड्को मारेको छ । सबै गाविसका अधिकांस वडा-वडामा सडक पुर् याएर ख्याती कमाएका जिल्लावासीहरुले अहिले प्रत्येक गाविसमा टेलीफोन पुर् याएका छन् ।

 

गाउँ-गाउँमा उच्च मावि संचालनको अभियानमा रहेको जिल्लाका नेताहरुको भनाइ छ । राजनीतिक विषयमा दलहरुका बीचमा सैद्धान्तिक मतभेद रहेपनि विकासका काममा सबैको बुझाईमा एकरुपता रहेको माओवादी जिल्ला इाचार्ज चन्द्रबहादुर खड्का उज्ज्वलले बताए । जनताको प्रत्यक्ष सहभागितामा उपभोक्ता समिति मार्फत काम गरेका कारण अर्घाखाँची जिल्ला विकासको गतिमा अगाडी बढेको स्थानीयवासिन्दाहरुको भनाइ छ ।

 

– रासस



अन्य समाचारहरु