काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको हो ।
गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले एक सूचना निकालेर बिदाको जानकारी दिएका छन् ।