“विश्वका विभिन्न धर्मबीचको मेलमिपालको पहिलो सप्ताह” मनाउनका लागि संयुक्त राष्ट्र संघले हिजो एक कार्यक्रम आयोजना गरेको छ।विश्वमा विभिन्न धर्मावलम्बीहरुबीचको सहयोगलाई अघि बढाएर विश्वको मेलमिलापलाई घच्घच्याउने आशा गरिएको छ।
सन् 2010 को अक्टोबर महिनाको बीस तारिखका दिन संयुक्त राष्ट्र संघको पैंसट्ठीऔं महासभाले हरेक वर्षको फेब्रुअरी महिनाको पहिलो साता “विश्वमा विभिन्न धर्मबीचको मेलमिलाप सप्ताह”हुने निर्णय गरेको थियो।
“विश्वका विभिन्न धर्मबीचको मेलमिलाप सप्ताह” मनाउनका लागि संयुक्त राष्ट्र संघीय महासचिव बान कि मूनले सम्बोधन गर्दै साझा धम्कीको सामना र साझा मौकाको प्रयोग गर्नका लागि मानव जातिले विश्वव्यापी सहयोग गर्नुका साथै विविध र शान्तिपूर्ण वार्तालाई सम्मान गर्नुपर्ने कुरा बताउनुभएको छ। तनाव र मतभेद हटाउनका विभिन्न धर्मावलम्बीहरुले मेलमिलापपूर्ण सहयोग हुने आशा पनि उहाँले गर्नुभएको छ।