अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख डोमिनिक स्ट्राउस केहनले हिजो विश्वको अर्थतन्त्रको पुनरुत्थानका सामु चुनौति पनि देखिएका हुनाले अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्नुका साथै विश्व अर्थतन्त्रको दिगो विकासलाई अघि बढाउनुपर्ने कुरा बताउनुभएको छ।
प्रथम त, यो चुनौति पुनरुत्थान हुँदा नयाँ आर्थिक समूह र विकसित आर्थिक समूहको फरक गतिबाट आएको छ। दोस्रो कुरा, यो चुनौति विभिन्न मुलुकभित्रबाट आएको छ। बेरोजगारी दर पनि उच्च स्तरमा कायम रहेका केही मुलुकमा सम्पन्न र विपन्नबीचको अन्तर अझ गम्भीर भएको देखिन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको वेवसाइटमा प्रकाशित लेखमा श्री स्ट्राउस केहनले उक्त कुरा व्यक्त गर्नुभएको हो।