– प्रेमनारायण आचार्य
अर्घाखाँची २० माघ । अर्घाखांची जिल्लाको सिम्ले गाउँमा तरकारी खेतीबाट करोडौ रुपैयाँ भित्रिएको छ । भिरालो बारीमा अन्नखेती गर्न छाडेर व्यावसायिक तरकारी खेतीमा लागेका युवाहरु राम्रो आम्दानी गर्न सफल भएका हुन् ।
सिम्ले गाउँमा तरकारी खेतीबाट बसे्रनि झण्डै एक करोड रुपैयाँ भित्रिएको छ । सदरमुकामदेखि ५० किलोमिटर पूर्वमा पर्ने पणेना गाविसको सिम्ले गाउँमा सात वर्षदेखि गाउँका युवाहरुले तरकारी खेतीलाई निरन्तरता दिएका छन् ।
गाउँका भिराला बारीमा अन्नखेतीको सट्टा यतिखेर व्यावसायिक तरकारी खेती मौलाएको छ । राम्रो आम्दानी हुन थालेपछि तरकारी खेतीबाट सिम्ले गाउँमा बसे्रनि झण्डै एक करोड रुपैयाँ जति आम्दानी भैरहेको शिवशक्ति मिश्रित कृषक समूहका अध्यक्ष रेवतीराज पौडेलले बताए ।
रोजगारीका लागि विदेश गएका युवाहरु घर फर्केपछि तरकारी खेती गर्न लागेको उहाँले बताउनुभएको छ । तरकारी खेतीबाट सिम्ले गाउँ अँत्मनिर्भर बनेको छ । विदेशबाट घर फर्केका १३ जना युवाले सात वर्षदेखि व्यावसायिक तरकारी खेती गर्न लागेको पौडेलले जानकारी दिए ।
बारीमा मौसमी तथा बेमौसमी तरकारी खेतीबाट लाखौ अँम्दानी भएपछि गाउँका युवाहरु रोजगारको लागि विदेश जान छाडेर खेतीमा लागेका छन । सिम्लेमा उत्पादन भएको तरकारी अर्घाखाँचीको दुर्गाफाँट पोखराथोक पाल्पाको तिनगिरे भुवनपोखरी र तानसेन बजारमा गाडीमा प्राय दैनिक रुपमा बिक्री गर्न लैजाने गर्छन् ।
गाउँमा आलु गोपी खुसा्रनी भाण्डा सिमी मुला गाजर लुसन प्याजलगायत मौसमी तथा बेमौसमी तरकारी खेती बारी भरी उत्पादन हुने गरेकॊ छ ।