संयुक्त राष्ट्र संघको “अन्तर्राष्ट्रिय वन-जङ्गल वर्ष”सुरु

संयुक्त राष्ट्र संघले हिजो दुई तारिख न्युयोर्कमा पर्ने मुख्यालयमा “अन्तर्राष्ट्रिय वन-जङ्गल वर्ष” सुरु हुँदा एक समारोहको आयोजना गरेको छ। यस “अन्तर्राष्ट्रिय वन-जङ्गल वर्ष”कार्यक्रमको उद्देश्य मानव जातिको लागि विभिन्न किसिमका वन-जङ्गलको संरक्षण,वन-जङ्गल व्यवसायको दिगो विकास आदि धारणालाई माथि उठाउनु र सर्वसाधारणले संयुक्त प्रयास गरेर वन-जङ्गलको संरक्षणका लागि वास्तविक गतिविधि चलाउन प्रेरित गर्नु हुन्।

65औं संयुक्त राष्ट्र संघीय महाधिवेशनका अध्यक्ष जोसेफ देइसले यस समारोहको अध्यक्षता गर्नुभएको हो। जानकारीअनुसार यसवर्षको “अन्तर्राष्ट्रिय वन-जङ्गल वर्ष”को मुख्य विषय”मानव जातिको लागि वन-जङ्गल”भन्ने हो। यसवर्ष विश्वमा श्रृंखलाबद्ध कार्यक्रमको आयोजना गर्दै विश्वका अधिकांश वन-जङ्गलका सामु देखापरेको चुनौतिको सामनाबारे छलफल गरिने भएको छ।