इजिप्टमा राष्ट्रपति मुवारकका समर्थक र विरोधीबीच ठाउँठाउँमा झडप, ५ जनाको मृत्यु, ८ सय भन्दा बढी घाइते


 

इजिप्ट सरकारले राजधानी कायरोका ताहरिर स्क्वायर अर्थात मुक्ति चोकमा राष्ट्रपति होस्नी मुबारकका समर्थक र विरोधीहरुबीच भएको झडपमा ५  जनाको मृत्यु भएको छ भने ८ सय भन्दा बढी घाइते भएका छन्। बुधवार ताहरिर स्क्वायर क्षेत्रमा मुबारकका समर्थकहरु सडकमा ओर्लिएपछि कायरो तनावग्रस्त बनेको थियो।

 

ताहरिर स्क्वायरमा अहिले प्रदर्शनकारीहरुको संख्यामा कमी आएको बताइएको छ। मुबारकका समर्थक र विरोधीहरुको झडपलाई रोक्न सेनाले हवाइ फायर गर्नुपरेको थियो। दुवै पक्षले एक अकामाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रदर्शनले हिंसात्मक रुप लिएको अन्तरराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

 

मुबारकको विरोधमा प्रदर्शन गर्दै आएका प्रदर्शनकारीहरुले मुबारक समर्थक प्रहरी रहेको दावी गरेका छन्। उनीहरुले सर्वसाधारणको भेषमा प्रहरीले नै प्रदर्शनमा भाग लिएको बताएका छन्। अमेरिकाले इजिप्टको पछिल्लो हिंसालाई इजिप्ट सरकारको कमजोरी भन्दै त्यसको कडा आलोचना गरेको छ। संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनले शान्ति पूर्ण प्रर्दशनमा रहेका प्रदर्शनकारीहरुमाथि सरकारले गरेको ब्यवहार निन्दनिय रहेको भन्दै त्यसलाइ स्विकार गर्न नसकिने बताएका छन्।

 

बेलायतका प्रधानमन्त्रि डेविड क्यामरनले पछिल्लो हिंसालाइ निन्दनिय घटनाको संज्ञा दिएका छन्।