– कर्ण जंग रायमाझी, दक्षिण कोरिया व्युरो प्रमुख
सियोल, दक्षिण कोरिया – आज कोरियाको महान चाड नयाँ वर्ष (सलनाल २०११)को उपलक्ष्यको अबसर पारी अर्घाखाँची कोरिया सम्पर्क मंचले पनि कोरियामा बस्ने अर्घाखाँचीबासीहरुलाई समेट्ने गरि दुख सुखमा हातेमालो गरि एक आपसमा सहयोग गर्ने धारणाले कोरियाको राजधानी सउलमा एक भेट्घाट कार्यक्रम सम्पन्न गरेको छ।
सेउल स्थित रहेको लुम्बिनी रेस्टुरेन्टमा उक्त कार्यक्रम गरिएको थियो। जसमा अर्घाखाँचीबासी साथीभाईहरु लगायत धेरै जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा परिचय पत्र वितरण, लेबीको बारेमा छलफल र आगामी दिनहरुमा कसरी समितीलाई अगाडी बढाउने भन्ने बारेमा समेत छलफल गरियो।
सो कार्यक्रममा अध्यक्ष कर्ण जंग रायमाझीको अध्यक्षता एवम सह सचिब कृष्ण आचार्यको संचालन भएको थियो भने कोषाध्क्ष्य युब राज पाण्डेबाट आर्थिक विवरण पेस गरिएको थियो।
साथै कार्यक्रममा सल्लाहकार श्याम भुसालको पनि उपस्थिति थियो। यसैक्रममा आउदो छुसकमा अर्घाखाँचीबासीले पनि केहि कार्यक्रम गर्ने निर्णय गरेको थियो।