– नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल सो दलका तर्फबाट तेस्रो र वामपन्थीका तर्फबाट मुलुकको चौथो प्रधानमन्त्री हुनुभएको छ ।
यसअघि एमालेका तर्फबाट तत्कालीन अध्यक्ष मनमोहन अधिकारी र वरिष्ठ नेता माधवकुमार नेपाल तथा एनेकपा-माओवादी)का तर्फबाट पुष्पकमल दाहाल प्रधानमन्त्रीका रुपमा रही सरकारको नेतृत्व गर्नुभएको थियो ।
नवनिर्वाचित प्रधानमन्त्री खनालको जन्म २००६ साल चैत ६ गते मेची अञ्चल, इलाम जिल्लाको साँखेजुङमा भएको हो ।
पिता पुङ्गनाथ र माता मधुमाता खनालका सातौँ सन्तानका रूपमा रहनुभएका अध्यक्ष एवम् संसदीय दलका नेता खनाल गत संविधानसभाको निर्वाचनमा इलाम क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहास विषयमा स्नातक खनालले विज्ञान विषयमा पनि स्नातक तहमा अध्ययन गर्नुभएको थियो ।
विक्रम संवत् २०२०/२०२१ देखि विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गर्नुभएका खनाल २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष हुनुभएको थियो ।
तत्कालीन को-अर्डिनेसन केन्द्रको संस्थापकमध्येका एक खनालले २०३४ सालमा नेकपा -माले) गठन हुँदा पनि संस्थापकीय भूमिका निर्वाह गर्नुभएको थियो । नेता खनाल २०३९ सालदेखि २०४७ सालसम्म तत्कालीन मालेको महासचिव भई पार्टीको नेेतृत्व गर्नुभएको थियो ।
नेकपा -माले) र नेकपा -माक्र्सवादी)को एकताबाट गठित एमालेको गत पाँचौँ, छैटौँ र सातौँ महाधिवेशनबाट उहाँ निरन्तर स्थायी समितिमा रहँदै आउनुभएको थियो ।
वि.सं २०६५ मा बुटवलमा भएको पार्टीको आठौँ महाधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । मनमोहन अधिकारीपछि उहाँ पार्टी अध्यक्षका रुपमा दोस्रो हुनुहुन्छ ।
ऐतिहासिक जनआन्दोलन २०४६ मा वाममोर्चा गठन प्रक्रियामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका खनालले सो आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
पञ्चायतविरूद्धको आन्दोलनमा भूमिगतरुपमा लाग्नुभएका खनाल सफल ऐतिहासिक जनआन्दोलनपछि २०४६ साल चैत २७ गते काठमाडौँ खुुलामञ्चमा आयोजित सभामा जेएन खनालका नामबाट सार्वजनिक हुनुभएको थियो ।
बागलुङ जिल्लाको गल्कोटमा शिक्षण पेसामा रहँदा राज्य अपराधविरोधी ऐनअन्तर्गत उहाँ केही महिना जेल पर्नुभएको थियो भने तत्कालीन तानाशाही पञ्चायती व्यवस्थाको विरोधमा विद्यार्थी, शिक्षक र ग्रामीण समुदायलाई सङ्गठित गरी परिचालन गरेको आरोपमा उहाँलाई तत्कालीन अञ्चलाधीशले धौलागिरि अञ्चलबाट निष्काशन गरेको थियो ।
प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकारमा उहाँ कृषि र भूमिसुधार तथा व्यवस्था र वन तथा भूसंरक्षणमन्त्री हुनुभएको थियो । वि. सं. २०४८ र वि.सं.२०५१ मा इलाम ज्ािल्लाबाट तत्कालीन प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका खनाल वि.सं.२०५३ मा गठबन्धन सरकारमा सूचना तथा सञ्चारमन्त्री हुनुभएको थियो ।
वि सं. २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएपछि तत्कालीन पार्टीका महासचिव नजरबन्दमा परेपछि उहाँले केही समय भूमिगत रही कार्यवाहक महासचिवको भूमिका निर्वाह गर्नुभयो । यसक्रममा उहाँले राजतन्त्रविरुद्धको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गर्नुभएको थियो ।
राजतन्त्रविरुद्ध २०६२/६३ सालमा भएको आन्दोलनका क्रममा सात पार्टी गठबन्धनमा उहाँले अन्तर्राष्ट्रिय प्रतिनिधिका रूपमा काम गर्नुभएको थियो भने नेपालको प्रजातान्त्रिक आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायको सहयोग परिचालन गर्न योेगदानसमेत गर्नुभएको थियो ।
उहाँको साहित्यिक यात्रा राजनीतिक यात्राभन्दा लामो रहेको पाइन्छ । उहाँले २०१९/२० सालतिरबाटै फुटकर कविता लेखेर आफ्नो साहित्यिक यात्रा सुरु गर्नुभएको थियो । उहाँले लेख्नुभएका साहित्यिक रचनामा