सुदूर सौर्य मण्डलमा सयौं नयाँ ग्रह भेटिएको नासाद्वारा जानकारी


 

अमेरिकी अन्तरिक्ष संस्था नासाले सूदूर शौर्य मण्डलमा सयौ नयाँ ग्रह पाइएको जनाएको छ। नासाले पत्ता लगाएको नयाँ ग्रहहरध्ये ५ वटा पृथ्वीकै आकारको रहेको बताइएको छ।

 

नासाले पृथ्वीको आकारमा रहेका ग्रहहरुमा जीवनको संम्भावना रहेको हुनसक्ने बताएको छ। नासाको नयाँ खोजका कारण शौर्य मण्डलमा रहेका ग्रहहरुको संख्यामा बृद्धि हुनसक्ने जनाइएको छ। नासाले आफ्नो नयाँ खोजलाई निरन्तरता दिदै यसबारेमा अझ बढी जानकारी हासिल गर्ने कोसिसमा जुटेको छ।

 

नासाका अनुसार पत्ता लगाइएका नयाँ ग्रहहरुमध्ये ६ वटा ग्रह एउटा ताराको वरीपरी रहेका छन्। जुन पृथ्वीबाट २ हजार प्रकाश वर्ष टाढा छन्। बैज्ञानिकहरुले खगोलिय पिण्डहरुको दूरी मापन गर्न प्रकाश वर्षको प्रयोग गर्ने गर्दछन्। बैज्ञानिकहरुले शौर्य मण्डलमा गरेको हालसम्मको खोजमा बढी संख्यामा पत्ता लगाइएको  ग्रहहरुको संख्या अहिलेको खोजकै रहेको जनाएका छन्।

 

बैज्ञानिकहरुका अनुसार चट्टानले भरिएका नयाँ ग्रहहरु पृथ्वीसँग मिल्दोजुल्दो रहेको छ। नासाका बैज्ञानिकहरुले हालै मात्र शौर्यमण्डल बाहिर सवैभन्दा सानो ग्रह पत्ता लगाएका थिए।