म्यान्मामा पाँच दशकपछि पहिलो पटक गैरसैनिक नागरिक राष्ट्रपति बन्न सफल, प्रधानमन्त्री थान सेन राष्ट्रपतिमा निर्वाचित

म्यान्माको संसदले प्रधानमन्त्री थेन सेनलाई नयाँ राष्ट्रपतिको रुपमा चयन गरेको छ। सेन पचास वर्ष देखि सैनिक शासन अन्तर्गत रहँदै आएको म्यान्माका प्रथम गैरसैनिक राष्ट्रपति हुन्। नवनिर्वाचित राष्ट्रपति थेन सेन म्यान्माका सर्बोच्च सैनिक कमा48डर थान शेवेका निकट सहयोगीका रुपमा मानिन्छन्। राष्ट्रपतिमा चयन भएका थेन सेनले नोभेम्बरमा संसदीय निर्वाचन हुनु अघि सैनिक पदबाट राजिनामा दिएका थिए।

 

बरिष्ठ सैनिक अधिकारीहरुले संसदमा सेनाको पकड कायम राख्नका लागि त्यसो गरेको आलोचकहरुको भनाइ छ। सन् उन्नाइ सय सन्तानब्बेमा सैनिक सेवा प्रवेश गरेका सेनले अव आफ्नो सरकारका लागि मन्त्रीहरुको चयन गर्नेछन्। मन्त्रीहरु भने बरिष्ठ सैनिक अधिकारीहरु वा अवकाश प्राप्त सेनाका अधिकारी हुन सक्ने अपेक्षा गरिएको छ। 

 

उनका उप