श्रीलंकामा आएको बाढीका कारण कम्तिमा ७ जनाको मृत्यु भएको छ भने करिव १० लाख मानिस विस्थापित बनेका छन्। बाढीका कारण श्रीलंकाको उत्तरी, मध्य र पूर्वि क्षेत्र सवैभन्दा बढी प्रभावित बनेको छ। बाढीका कारण सडक र रेल यातायात अवरुद्ध बनेको छ।
राजधानी कोलोम्बोमा मुख्य कार्यालय रहेको प्राकृतिक विपत्ति प्रबन्ध केन्द्रका सहायक निर्देशक प्रदिन कोडिप्पीलीले बाढीका कारण विस्थापित बनेकाहरुलाई ५ सय ५ वटा अस्थायी आश्रयस्थलहरुमा राखिएको बताएका छन्। उनले बाढीग्रस्त क्षेत्रमा उद्धार र राहतको लागि नौसैनिक जवानहरुलाई पनि परिचालन गरिएको जनाए।
बाढीका कारण केही मानिस हराइरहेको पनि बताइएको छ। अहिले पनि उत्तरी, मध्य र पूर्वि क्षेत्रमा भिषण वर्षा भैरहेको हुनाले थप क्षतिको अनुमान गरिएको छ। बाढीका कारण १ हजार घर एवं भवनहरु क्षतिग्रस्त बनेका छन्। भिषण वर्षा र बाढीका कारण उत्तरी र मध्य क्षेत्रका जिल्लाहरु नराम्ररी प्रभावित बनेका छन्।