काठमाडौँ- नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गते तोकिएको छ ।
बिहीबार बसेको केन्द्रीय समिति बैठकले केन्द्र, प्रदेश र जिल्लाको एकैदिन निर्वाचन गर्ने निर्णय गरेको हो । जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर यसअघि झैँ विधानबमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत देशैभर एकै दिन मतदान गर्ने छ ।