काठमाडौं – महिला अधिकारकर्मी शान्ता थपलियाको सोमबार बिहान निधन भएको छ । पाठेघरको क्यान्सरबाट पीडित थपलियाको ७० वर्षको उमेरमा निधन भएको हो ।
कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) नेपालकी अध्यक्ष थपलियाको पुल्चोकस्थित निवासमा बिहान ३ बजे निधन भएको हो । उनी पारिवारिक कानुनमा विद्यावारिधी गर्ने पहिलो नेपाली महिला हुन् ।
थपलियाको पार्थिव शरीरलाई अहिले ललितपुरस्थित ल्याक नेपालको कार्यालयमा राखिएको छ । उनको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने ल्याक नेपालले जनाएको छ ।