विकासको निम्ती सबैको एकता अनिवार्य छः राज्यमन्त्री सिर्पाली (तस्बिर सहित)

-गोपाल प्रसाद भट्टराई

बैशाख–२१,अर्घाखाँची – पूर्व पर्यटन राज्यमन्त्री शुसिला सिर्पालीले विकासमा एकता अनिवार्य भएको बताउनुभएको छ । अर्घाखाँचीमा संचालित पर्यटन प्रर्बद्धन अभियान सबैको एकता र सहकार्यले सफल भएको जिकिर गर्दै सिर्पालीले जिल्लाको दिगो विकासमा पनि सबै एक ठाउँमा उभिनुपर्ने तर्क गर्नुभएको छ ।

May be an image of 7 people and text

प्रेस सेन्टर नेपाल अर्घाखाँचीले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो विमोचन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

May be an image of 6 people and text

प्रतिनिधि सभा सदस्य समेत रहनुभएकी नेतृ सिर्पालीले अर्घाखाँचीमा पत्रकार महासंघले एकताको सन्देश छर्दै अभियान सफल पारेकोमा धन्यावाद समेत दिनुभएको छ । विकास र प्रगतिका निम्ती अरुबाट सिकेर अगाडि बढ्नुपर्ने भन्दै उहाँले अर्घाखाँचीबाट पत्रकारले त्यो सन्देश दिएको बताउनु भएको छ ।

May be an image of 9 people, hospital and text

दबिएकाहरुको आवाज र विकासका निम्ती कलम चलाएर आफ्नो धर्म निभाउन पत्रकारलाई पूर्व राज्यमन्त्री सिर्पालीको आग्रह छ । कार्यक्रममा बोल्दै पूर्व राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्का उज्वलले अर्घाखाँचीमा संस्थागत पत्रकारहरु परिपक्क देखिएको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।

May be an image of 7 people and text

“मेरो अध्यनले त्यस्तो देखेको छ कि अर्घाखाँचीमा संस्थागत पत्रकारहरुका गतिविधि परिपक्क देखिएका छन् ।” माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहनुभएका नेता उज्वलले भन्नुभयो, “यसलाई कायम राख्दै विकासका क्षेत्र र खोज पत्रकारितामा पनि ध्यान दिनुस । ” जिल्लाका केही महत्वपूर्ण आयोजनाहरु कार्यान्वयन पक्षमा देखिएको फितलोका कारण लामो समयदेखि अधुरै र अलपत्र परेको भन्दै नेता उज्वलले यस्ता बिषयमा पनि समाचार लेख्न आग्रह गर्नुभएको छ ।

May be an image of 7 people and text

यस्तै प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थीले अहिले नेपालको राजनिति र प्रेस माथि हमला भइरहेको बताउनुभएको छ ।

May be an image of 7 people and text

सामाजिक संजालको दुरुपयोग गरि सतहमा रमाउनेहरुले प्रेस माथि चुनौंति दिएको भन्दै चौतारी अध्यक्ष पन्थीले भ्रमको खेती गर्नेका बिरुद्ध लड्दै र जित्दै आएको स्मरण गराउँदै निरन्तर लड्दै जाने जिकिर समेत गर्नुभएको छ ।

May be an image of 7 people and text

कार्यक्रम माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर कुमार वि.क.किशोर, जिल्ला संयोजक राजेन्द्र भुसाल, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष अशोक खनाल, प्रदेश सदस्य प्रेम आचार्य र पूर्व अध्यक्ष हिम लेकाली लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन प्रेस सेन्टर नेपाल अर्घाखाँचीका अध्यक्ष रिषी भुसालले गर्नुभएको थियो ।

अन्य समाचारहरु