संघ संस्थामा राजनीति नगरौं : संयोजक भुसाल (तस्बिर सहित)

-अर्घाखाची डट्कम सम्बाददाता ।

 अर्घाखाँची । राष्टिय स्वतन्त्र पार्टी अर्घाखाँचीका जिल्ला संयोजक हरिप्रसाद भुसालले सामाजिक संघसंस्थाहरुमा राजनीति नगर्न आग्रह गर्नुभएको छ ।

May be an image of 7 people and text

देउराली यातायात अर्घाखाँची प्रा.लि.को दोस्रो साधारणसभा तथा अधिवेशनमा बोल्दै भुसालले राजनीतिका कारण सामाजिक संघसंस्थाहरु थिलो थिलो भएको भन्दै राजनीतिको घेराभन्दा माथी उठ्न आग्रह गर्नुभयो ।

May be an image of 7 people and text

समितिको नयाँ नेतृत्व चयनको लागि दलीय कोठेबैठकहरु चलिरहेको बेला संयोजक भुसालले संस्थाको नेतृत्व छान्ने अधिकार सार्वभौम सदस्यसंग मात्र रहेको भन्दै आफ्नो दल राजनीतिक बाँडफाँडको पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।

May be an image of 8 people and text

समितिको नेतृत्वमा पुग्न चाहनेहरु राजनीतिक दलका नेताहरुको ढोका ढोका चहानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा नेता भुसालको जोड रहेको थियो । “देउराली यातायातको नेतृत्वमा पुग्न चाहेका साथीहरुको मोवाईलको घण्टी व्यवसायीहरुको मोवाईलमा भन्दा बढी नेताहरुको मोवाईलमा बज्न थालेका छन् ।” संयोजक भुसालले भन्नुभयो “संस्था हाँक्छु भन्ने साथीहरुले मोवाईलका घण्टी पार्टी नेताहरुकोतिर होइन, संस्थाका सदस्यको मोवाईलमा बजाउनुपर्यो ।”

May be an image of 1 person, temple and text

आजबाट शुरु भई भोलीसम्म चल्ने अधिवेशनको लुम्विनी प्रदेशका अर्थमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको थियो । १५० भन्दा बढी व्यवसायीहरुको सहभागिता रहेको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

 

अन्य समाचारहरु