व्यवसायीको हितमा नभएका कानुन संशोधन गरिन्छ: प्रदेश अर्थ मन्त्री आचार्य, सरकारले सहयोग नगरे सडक आन्दोलन गर्ने यातायात व्यवसायीका नेता खरेलको चेतावनी (तस्बिर सहित)

व्यवसायिको हितमा नभएका कानुन संशोधन गरिन्छ: प्रदेश अर्थ मन्त्री आचार्य, सरकारले सहयोग नगरे सडक आन्दोलन गर्ने यातायात व्यवसायीका नेता खरेलको चेतावनी

-गोपालप्रसाद भट्टराई, सन्धिखर्क । 

बैशाख-२१,अर्घाखाँची- लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले यातायात व्यवसायिको हितमा नभएका कानुन संशोधन गर्ने उद्घोष गर्नुभएको छ ।

May be an image of 6 people and temple

निजि क्षेत्रको सहयोग नभए मुलुकले समृद्धि हांसिल गर्न नसक्ने भन्दै उहाँले थपघट गरि व्यवसायी र नागरिकको हितमा हुनेगरि निति तथा कानुन बनाउने वचन दिनुभएको छ ।

May be an image of 7 people, temple and text

देउराली यातायात प्रा.ली.अर्घाखाँचीको आजबाट सन्धिखर्कमा सुरु भएको दोस्रो साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै मन्त्री अचार्यले यस्तो बताउनु भएको हो । आफु अघिल्लो पटक मन्त्री हुँदा अर्घाखाँचीमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेको भएपनि अर्को सरकारले कार्यान्वयन नगरेको उहाँको आरोप छ ।

May be an image of 6 people and text

यसपटक यातायात व्यवसायीको अहितमा रहेका ऐन शंसोधन गरि आवस्यक कानुन बनाउने र यातायात व्यवस्था कार्यालय खोल्ने अघिल्लो निर्णयलाई कार्यान्वयन गर्ने मन्त्री आचार्यको प्रतिवद्धता छ ।

May be an image of 5 people, people smiling and text

कार्यक्रममा बोल्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.ली.का अध्यक्ष दधिराम खरेलले सरकार आफ्नो स्वार्थमा तल्लिन हुँदा यातायात व्यवसायीहरु धरासायी भएको आरोप लगाउनुभएको छ ।

May be an image of 6 people and text

अग्रिम कर बुझाएर नागरिकको सेवामा खटिएका यातायात व्यवसायीहरुका समस्या समाधानमा सरकार तत्पर नभए आफुहरु सडक संघर्षमा जाने उहाँको चेतावनी छ ।

May be an image of 12 people, dais and text

समय अनुकुल निति परिवर्तन नहुँदा यात्रु र व्यवसायी दुवै पक्षले पाइला–पाइलामा समस्या खेप्नुपरेको चर्चा गर्दै अध्यक्ष खरेलले समय अनुकुल निति बनाइदिन सरकार र राजनितिक दलहरुलाई आग्रह समेत गर्नुभएको छ ।

May be an image of 7 people and text

२६ लाखमा आउने गाडिलाई सरकारले ३ सय प्रतिशत सम्म कर जोडेर ५६ लाख पुर्याएको भन्दै यसरी व्यवसायी चल्न नसक्ने उहाँको भनाई छ । मुल्यमा नभइ सेवामा स्वस्थ प्रतिष्प्रधा गर्न नयाँ यातायात व्यवसायीहरुलाई अध्यक्ष खरेलको सुझाव छ ।

May be an image of 8 people and text

सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई र जिल्ला समन्वय सदस्य लक्ष्मण कंडेलले देउराली यातायात प्रा.ली.ले अर्घाखाँचीमा पुर्याएको योगदानको प्रशंसा गर्दै गुणस्तरिय सेवामा निरन्तर लागि पर्न आग्रह गर्नुभएको छ ।

May be an image of 1 person, temple and text

कार्यक्रममा नेपाली कांग्रेसका सभापति केशव श्रेष्ठ, एमाले जिल्ला सचिव तोज बहादुर रायमाझी विधान, माओवादी केन्द्रका प्रदेश सदस्य ठाकुर सौराग, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक हरि प्रसाद भुसाल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी., एकिकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, राप्रपाका जिल्ला सचिव महेन्द्र श्रेष्ठ र नेकपाका जिल्ला प्रतिनिधि विजय सिंहले पनि सम्बोधन गर्नुभएको थियो ।

May be an image of 1 person, studying and crowd

सुरक्षित र गुणस्तरिय सेवा दिन यातायात क्षेत्रलाई आग्रह गर्दै दलका नेताहरुले देश विकास र जनताको सेवामा अहोरात्र खट्ने यातायात क्षेत्रको पक्षमा आफुहरु सदैव रहने वचन समेत दिएका छन् ।

May be an image of 8 people

कार्यक्रममा स्वर्गद्धारी यातायातका प्रबन्धक चन्द्रमान श्रेष्ठ, अम्बेश्वरी यातायातका अध्यक्ष घनश्याम बस्नेत, गुल्मी यातायातका अध्यक्ष रुपकलाल श्रेष्ठ र देउराली यातायातका पूर्व अध्यक्ष योगेन्द्र खड्काले पनि मन्तव्य राख्नुभएको थियो ।

May be an image of 2 people, people studying and text

देश विकासको एउटा अंग बनेर सेवा दिंदै आएका यातायात व्यवसायीलाई राज्यले अपहेलना गरेको उहाँहरुको गुनासो छ ।

May be an image of 11 people, accordion and text

जनताका प्रतिनिधि र ब्युरोक्रेसीबाटै आफुहरुले आवस्यक सम्मान पाउन नसकेको यातायात व्यवसायीका नेताहरुको तर्क छ ।

May be an image of 4 people and text that says "प्रा.কि प्रा."

देउराली यातायात प्रा.ली. अर्घाखाँचीमा आबद्ध व्यवसायीका प्रतिनिधिहरु, कर्मचारी तथा अन्य सरोकारवालाहरुको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शोभाखर पन्थी, अर्घाखाँची उद्योग वाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठ, चेम्बर अफ कमर्स अर्घाखाँचीका अध्यक्ष अशोक कुमार श्रेष्ठ र अर्घाखाँची ब्यापार संघका सदस्य नेत्र प्रसाद भुसालले पनि सम्बोधन गर्नुभएको थियो ।

May be an image of 5 people and text

निजि क्षेत्रले राज्यलाई कर तिर्दा समेत घुस खुवाउनुपर्ने बाध्यताको अन्त्य नभए यो देशले प्रगति गर्न नसक्ने उहाँहरुको तर्क छ । साधारणभाको अवसर पारेर देउरालीले संस्थापक अध्यक्ष दुर्गा प्रसाद भुसाल, पूर्व अध्यक्षहरु देवराज श्रेष्ठ, प्रेम खत्री र योगेन्द्र खडकालाई सम्मान समेत गरेको छ ।

May be an image of 7 people and text

कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द बन्जाडेको अध्यक्षता, उपाध्यक्ष भेष बहादुर वि.सी.को स्वागत मन्तव्य र महासचिव प्रेम पाण्डेको संचालनमा सम्पन्न भएको हो । २० बर्षदेखि सेवा दिदै आएको देउराली यातायातमा हाल १ सय ६० वटा सवारी साधन रहेका छन् ।

May be an image of 6 people, television, sugar candy and text

जिप र हायश गाडी चलाउदै आएको देउरालीले हाल ९ वटा जिल्लामा सेवा बिस्तार गरेको छ भने आगामी दिनमा इलेक्ट्रोनिक गाडी समेत थप्ने योजनामा रहेको अध्यक्ष बन्जाडेले जानकारी दिनुभएको छ ।

थप तस्बिर :

May be an image of 7 people and text

May be an image of one or more people, people studying, crowd and text

May be an image of 3 people, speaker, lighting and text

May be an image of 7 people and text

May be an image of 6 people and text

May be an image of one or more people and people studying

May be an image of 10 people and temple

May be an image of 4 people, lighting, dais and text

May be an image of 6 people, table, lighting and text

May be an image of 5 people and text

May be an image of 6 people and text

अन्य समाचारहरु