लुम्बिनी प्रदेशका अर्थमन्त्री आचार्यद्वारा शितगंगा नगरपालिकाका आगोलागी पिडितलाई भेटघाट तथा स्थलगत निरीक्षण, पुनर्स्थापना र राहतमा सहयोग गर्ने प्रतिबद्दता व्यक्त (तस्बिर सहित)

-अराज बेल्बासे ,शितगंगा अर्घाखाची ।

शितगंगा – लुम्बिनी प्रदेशका अर्थमन्त्री चेतनारायण आचार्यले शितगंगा नगरपालिका वडा न ६ मा वैशाख १८ गते लागलागीबाट घर गोठ गुमाएका पिडितलाई भेटघाट तथा स्थलगत निरीक्षण गर्नु भएको छ ।

No description available.

मन्त्री आर्चायले आगलागी पछि पुनस्र्थापना र अन्य राहत सहयोगमा समेत आफ्नो तर्फवाट आवश्यक पहल गर्ने प्रतिवदता व्यक्त गर्नुभयो ।

No description available.

आगलागी पिडित घरपरिवारलाई भेट्दै आर्चायले राज्यको तर्फबाट हुन सक्ने सहयोग छिटो राहत प्रदानका लागि प्रदेश सरकारको तर्फबाट सबै तयारी पुरा गर्ने बताउनु भयो ।

No description available.

मन्त्री आर्चायले शितगंगाका अग्नी पिडितहरुको बिवरण र क्षति बिबरण तुरुन्त मुचुल्का गरि सिफारिस गर्न इलाका प्रहरी कार्यलय ठाडालाई निर्देशन समेत दिनु भएको छ।

No description available.

प्रमुख जिल्ला अधिकारीलाई भेटगरि जिल्लाका पिडितहरुलाई छिटो राहत उपलब्ध गराउन सबै प्रकृया समयमै सम्पन्न गर्न अनुरोध गरि सकेको र सघं प्रदेश र स्थानिय तहबाट हुने सबै विपत सहयोग समयमै गर्न अनुरोध गर्नु भयो ।

No description available.

गत १८ गते जंगलबाट आएको आगोले ७ वटा घरमा पुर्ण क्षति गरेको थियो भने ५ घरमा आशिक क्षति गरेको थियो । अनुगमनमा नेकपा एमाले लुम्बीनी प्रदेश सदस्य वसन्त श्रेष्ठ , नेकपा एमाले शितगंगा इञ्चार्ज ओपि पाण्डे ,कावा अध्यक्ष संजय राना वडा नं ६ का वडा अध्यक्ष ऋषि रेश्मी, कार्यपालिका सदस्य कमला परियार , लगायतको टोलि घर गाउँ वस्तिमा पुगेको थियो ।

 

अन्य समाचारहरु