अर्घाखाँचीमा रहेका गन्धर्भहरुको पुख्र्यौली पेसा धरापमा,बैकल्पिक पेशाको खोजी

– प्रेमनारायण आचार्य

 

अखाँटा-यूएई डेस्क) -सन्धिखर्क-२४ माघ । बढ्दो संचारको बिकास संगै परापुर्ब काल देखि सारंगीको साहारामा बाचेका अर्घाखाँचीका गाईनेहरुको पुख्र्यौली पेसा संकटमा परेको छ । उनीहरु अहिले बैकल्पीक पेसाको खोजीमा लागेका छन् ।
 
शहर र गाउँमा भएका घटनाक्रमलाई गितको माध्यमबाट सुन्नेको मन छुने गरि र्याई र्याई सारगी रेट्दै सुचना दिन घर घरमा डुल्नु उनीहरुको पुर्खयौलि पेशा हो । तर पछिल्लो पटक विकासको क्रम संगै उनिहरुले गाउने गित सुचना रेडियो टेलिभिजन र पत्रपत्रिकाममा आउन थालेपछि उनीहरुको पेशा धरापमा परेको छ ।
 
गन्धर्बहरु अहिले गित पनि देशको शान्ति प्रकृया सम्बन्धि गाउन थालेका छन् । देशमा शान्ति नआएको र संबिधान निर्माण नभएको कुरा अनि गाउमा विकास नभएको कुरा गित मार्फत उनीहरु गाउने गर्छन् । समय र परिस्थिति संगै गन्धर्बहरुको गित पनि फेरिएको हो ।
 
पहिला जस्तो घरघरमा गएर गित गाउने प्रचलन हटेपनि सभा समारोहमा अझै महत्व रहेकाले इतिहास र सस्कृती जोगान लागी परेको बेगमान गन्र्धवले जानाकारी दिए। केहि वर्ष अघी सम्म घरमा रहेका लोग्ने मान्छेहरु सारगी रेटेर अन्न र पैसा संकलन गथ्यो तर अहिले त्यो स्थीती छैन् रेमबहादुरले भने यसलाई प्रविधीको विकास संगसगै ढालेर नजान्नेहरुलाई सिकाउदै सस्कृतीको जगेर्ना गर्न थालेको उनिहरु बताउन्छन् ।
 
सारगीको साहारले बाचेका अर्घाखाँचीका अर्घा गाविसका १८ गन्धर्ब घर परिवार गरिबी निवारण कोषले १८ घर बनाईदिने भएपछि हर्षित भएका छन् । जिवन गुर्जान निकै नै अफठारो परेर गाउँ नै छोड्नु पर्ने अवस्थामा पुगेका १८ घर परिवारलाई गरिबी निवारण कोषलॆ १८ घर बनाईदिने भएपछि उनिहरुमा खुसीयाली छाएको छ । गन्धर्बको संस्कृति र परम्परागत पेशा लोप हुदै जान थालेपछि गन्धर्बको सस्कृती र परम्परागत पेशालाई जोगाउन घर बनाईदिने भएको हो ।
 
परापुर्वकालदेखी गर्दै आएको पेशा सकंटमा परेपछि मजदुरी र रोजगारका लागी विदेश जानेको सख्या समेत बढ्न थालेको छ उनिहरुले गित गाए वापत अरुले दिने अन्नघयु तरकारी र पैसाले जिवन निर्वाह गदै आएका थिए । पेशा विगत ६-७ वर्ष दखी नै हराउदै गएको छ तर सारगीं बनाउन छाडेका छैनौ उनिहरुले आफनो सस्कृती जोगाउनका लागी केही भद्र मान्छे र पर्यटकलाई उपहार स्वरुप सारगीं पठाईदिने गरेको गन्धर्बहरु बताउन्छन् ।
 
अझैपनि कुनै कुनै विशिष्ट समारोहमा सारगीको माग हुने गरेको बताउदै हाम्रो लोकपि्रयता कहिल्यै हराउदैन अर्घाका ठाकुर गन्र्धवले भने-‘पेशा लोप हुदै गएपनि सस्कृतीकॊ रक्षा र हाम्रो ईतिहासलाई जोगाउन अभियानमा लागेका छौ।
 
जिल्लाका सिद्धारा, अर्घा, लगायतका स्थानमा बस्दै आएका गन्धर्व जातिहरु आफनो सस्कृती जोगाउन कसैले चासो नदिएको बताउछन।




अन्य समाचारहरु