एशियाली प्रशान्त मुलुकहरुलाई वातावरण बिग्रंदैगएबाट बसाईँ सारिने अवस्थाको प्रतिरोध गर्न एशियाली विकास बैंकको भनाई

आगामी वर्षहरुमा वातावरण बिग्रंदै गएको कारणबाट उत्पन्न हुने घनारुपमा बसाईँ सारिने अवस्थाको प्रतिरोधका लागि एशियाली प्रशान्त क्षेत्रका मुलुकहरुले सकारात्मक कदम चाल्नुपर्ने कुरा एशियाली बिकास बैंकले आज प्रेस समक्ष जनाएको छ।

          एशियाली विकास बैंकले आगामी मार्च महिनामा एउटा सम्बन्धित प्रतिवेदनलाई औपचारिक रुपमा सार्वजनिक गर्ने घोषणा गरेको छ। त्यस प्रतिवेदनबमोजिम, सन् 2010मा ताइफुन, बाढी र खडेरी लगायतका नराम्रो मौसमका कारण एशियाली प्रशान्त मुलुकका दशौं लाख सर्वसाधारण बाध्य भई विस्थापित भएका थिए। नराम्रो मौसम समयसमयमा उत्पन्न भएकाले आगामी दिनहरुमा यस्तो अवस्था झन् चर्किने सम्भावना छ।

          ठूलो शहर र समुद्री तटवर्ती क्षेत्रका जनतालाई अन्तै सारिने मुख्य विषय भएको पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।