“आहातमा राहत लिएर पुग्यो राष्ट्रिय जनमोर्चा ” (तस्बिर सहित )

-गोपाल प्रसाद भट्टराई , सन्धिखर्क । 

सन्धिखर्क- अर्घाखाँची जिल्ला सन्धिखर्क-२ कुर ब्यहोरे निवासी राजेश नेपालीको घरमा गत बैशाख १९ गते राती भएको आगलागीले घरबास र घरभित्र भएका सबै सामाग्री जलेर नष्ट हुँदा लाखौंको क्षति भएको छ ।

निजको घर पुनर्निर्माण गर्न सहयोग पुगोस् भन्ने हेतुले राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिले ९ हजार ५ सय २० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

राजमो जिल्ला अध्यक्ष थम्मन के.सी.,सन्धिखर्क नगर समिति अध्यक्ष गोविन्द वि.सी., नेकपा (मसाल)जिल्ला प्रवक्ता पशुपती ढकाल, अनेम संघ केन्द्रिय उपाध्यक्ष कल्पना पोख्रेल, राजमो नगर सहसचीव बसन्त खड्का, अन्टुक जिल्ला सदस्य राधा आचार्य र राजमो सन्धिखर्क-२ का उपाध्यक्ष शालिकराम बन्जाडे लगायतको उपस्थितिमा उक्त राहत रकम घर गुमाएका राजेश नेपालीलाई हस्तान्तरण गरिएको हो ।

लामो खडेरीपछी पानी परेपछि आगलागीको जोखिम कम भयो। सबैतिर शितलता छाएको महसुस छ । तर जो आगलागी प्रभावित छन् उनको घाउ र मन अझै चर्किएकै छन् ,किनकि आगोले जलेका घरबास अझै उठ्न सकेका छैनन् भने आगोले भतभती पोलेका घाउ र मनहरु अझै चस्किरहेका छन् !

उनीहरुलाई अझैपनी सहयोगको खाचो छ ! प्रतीक्षामा बसेका छन् !! त्यसैले सबैले सहयोग गरि उनीहरुलाई पुनर्स्थापित गरौं !!!

 

अन्य समाचारहरु