प्रचण्ड द्वन्द्वको समयमा मानवताविरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न रहेको भन्दै उनको राजीनामा मागिएको छ ।केसीले द्वन्द्वपीडितलाई न्याय दिलाउन टीआरसीसम्बन्धी कानुन छिटो टुंगो लगाउन समेत माग गरेका छन् । डा. केसीले दोस्रो मागका रूपमा सम्पूर्ण नागरिकलाई निःशुल्क गुणस्तरीय स्वास्थ्य सुविधा हुनुपर्ने बताएका छन् ।
डा. केसीको तेस्रो माग मेडिकल शिक्षासम्बन्धी रहेको छ । इलाम, डडेल्धुरा, उदयपुरमा मेडिकल प्रतिष्ठान तुरुन्त सञ्चालन गर्न उनले माग गरेका छन् । डा. केसीले प्रचण्ड, शेरबहादुर देउवा र केपी शर्मा ओलीबाट देशको भलो नहुने भन्दै यी तीनै नेताले पार्टीको नेतृत्वको पछिल्ला पुस्तालाई हस्तान्तरण गर्नुपर्नेस मेत बताएका छन् ।
– एनपि