– रामप्रसाद बन्जाडे, अर्घाखाँची।
भूमिकास्थान – साबिक अर्घाखाँची धारापानी- ६ रातामाटा बाझाखर्क जन्म भै हाल बुटवल -१३ बेल्बासमा बसोबास गर्दै आउनु भएका राम प्रसाद भुसाल १८ बर्ष सम्म आफ्नो परिवार सहित बैदेशिक यात्रामा रहेर मात्र १० बर्ष पहिले आफ्नो जन्मभुमि फर्किएर बिगत ७ बर्ष देखि बुटवल -१२ नयागाउमा A to z मुस्कान सप्लायर्स पुस्तक पसल सन्चालनगर्दै आएका राम प्रसाद भुसाल निकै छोटो समय मै नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायि महासंघ बुटवल उपमहानगर समितिको अध्यक्ष पदमा सर्बसम्मत निर्वाचित भए।
आफ्नो कार्यकालको छोटो समयमै सम्पुर्ण पुस्तक ब्यबसायि र बिध्यालयहरुलाइ आ-आफ्नो नम्समा रहेर खुल्ला मनका साथ अभिभावक र बिध्यार्थिहरुलाइ आ-आफ्नो पायक पर्ने स्थानबाट बिना झन्झट पुस्तक लिन पाउने वातावरण तयार गरे ।
लामो समय देखि पुस्तक ब्यबसायिहरु बिच देखिएको नैरस्यता लाइ मित्रतामा परिणत गरि इज्यतका साथ पुस्तकको कारोबार गर्ने वातावरण बनेको पुस्तक ब्यबसायि हरु बताउछन। उहाका स्व.बुवा टिकाराम भुसालले मिति २०३५ साल देखि २०३९ सम्म निसुल्क सासु, र बुहारि बिच आमा र छोरिको ब्यबहार हुनु पर्ने, पधेरामा कसैका बिपरित कुरा नगर्ने ,पानी भरि सरासर सबै आ-आफ्नो घर पानी लिएर जाने जस्ता, ज्ञान् दिदै आफ्नै घरमा साझको समय गाउका,आमा , छोरि बुहारि,बुवा दाजु
भाइहरुलाइ पढाउदै गर्दा ,पढन चाहनेहरुको चाप थपिए पछि आफ्नो अर्को घर समेत प्रयोग गरि गाउका जानेकाहरुलाइ समेत प्रयोग गरि निसुल्क ४ बर्ष सम्म पढाउदै गर्दा पुन ठाउ अभाव भएकोले गाउका अग्रजहरु सङ परामर्स गरि मलागृको चौरमा दिउसको पढाइबाट सुरु गरिएको बिध्यालयमा उहाकै छोरा राम प्रसाद भुसालले क ,ख बाट सुरुवात गरेको श्रीअन्नपूर्ण प्रा,बि , क्रमिक रुपमा निमावि बाट माबिको स्विकृति प्राप्त हुदा बिध्यालयलाइ आर्थिक ब्यबस्थापनमा कठिनाइ आउदा रु .पाच लाख एक हजार एक सय एक्काइसको आफ्नै स्व.बुवा टिकाराम भुसाल र स्व.आमा धनकला भुसालको नाममा अक्षयकोश खडा गरे।
कोभिड १९ को जोखिम अबधिमा बुटवल -१३ मा रहेको आफ्नो घर र बगैचा राज्यलाइ आबस्यक परेको खन्डमा कोभिड अबधि भर राज्यलाई निसुल्क कोरोना अस्पताल सन्चालन गर्न दिएर आफु भाडामा बस्ने घोसणा गरे।
मिति २०८१ बैसाख ८ गते भुमेकास्थान-३ र ४ को जङ्गलबाट आगोलागि हुदा गाउ नै ध्वस्त बनायो। जसमा आफ्नो बर्षको २० दिन मात्र निकै चापका साथ हुने पुस्तक सिजनको ब्यापार नै छोडि। धारापानी रुपन्देहि सम्पर्क मन्चका साथिहरु र आफुले रकम उठाएर आगोलागि पिडितहरुलाइ तत्काल पहिलो चरणमा सुत्न आबस्यक बिस्ताराहरु र पकाउने भाडा साथै अर्घाखाचि भुमेकास्थान रुपन्देहि सम्पर्क मन्चको तर्फबाट पनि रु दस हजार को चेक लिएर कृष्ण बन्जाडे संतोष बन्जाडे,राम प्रसाद खनाल लगाएतको टिम पिडितहरु सग घाउमा मलम लगाउन पुगे।
पुन दोस्रो पटक मिति २०८१ बैसाख २८ गते राम प्रसाद भुसाल आगोलागि पिडितहरुको घर- घरमा पुगि बनिरहेका घरहरुमा आर्थिक अभाव नहुने र यथाशिघ्र वडा स्थानिय, पालिकाहरुको समन्वयमा तत्काल अपुग रकम उपलब्ध हुने जानकारि दिए।
यसैगरि मिति २०८१ बैसाख २८ गते दिउस श्री अन्नपूर्ण माबि को निमन्त्रणामा पुरस्कार बितरण कार्यक्रममा पुग्दा पुन बिध्यालय र बिध्यार्थिहरुलाइ आबस्यक पर्ने अतिरिक्त पाठ्यपुस्तकहरुको उपहार बिध्यालयलाइ हस्तान्तरण गरे।
राम प्रसाद भुसालको आगमनमा सिङ्गो गाउनै निकै हर्सित हुने गरेको देख्न पाइन्छ। यसैगरी ब्यक्तिलाइ चिन्नमा हामिले ढिला गरेको अर्को समाजिक ब्यक्तित्व साबिक अर्घाखाँची धारापानी हिलेमा जन्म भै हाल बुटवल कार्य क्षेत्रमा रहने युवा संतोष बन्जाडे, हरेक नागरिकको जिवन सङ जोडिएको रगत,आबस्यक पर्दा जतिपनि जोहो
गरि सबैको ज्यान बचाउन सफल। धारापानी रुपन्देहि सम्पर्क मन्च महासचिब, अर्घाखाँची भुमेकास्थान रुपन्देहि सम्पर्क मन्च कोषाध्यक्ष , पहिलो पाहिला नेपाल बुटवल शाखा उपाध्यक्ष भुमेकास्थान नगर उप प्रमुख निकै सरल सामाजिक ब्यक्तित्व श्री बालकृष्ण बन्जाडेको छोरा संतोष बन्जाडे र उनको सस्थाले धारापानीका आगलागी पीडित परिवारका २२ जना विद्यार्थीलाई भाग्य बाेक्ने झाेला बितरण गरेको छ।
यसैगरी हरेक पिडितको लागि बिभिन्न माध्यमबाट राहत,आर्थिक एबम श्रमदानमा समेत लागिरहेको छ।
जहा दुख्यो त्यहा मलम सहित पुग्यो भन्ने भनाइलाई व्यबहारमा उतार्दै यि निस्वार्थ ब्यक्तिहरु राम प्रसाद भुसाल र सन्तोष बन्जाडे समाजसेवा र दुखी र पीडितहरुको उद्दार र सहयोगमा लागेका छन । उद्दार मनका धनी यि दुबै समाजसेवी विशेष धन्यवादका पात्र बनेका छन।