चितवन- नेपाल विद्यार्थि संघ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवनले विद्यार्थीका माग पूरा गराउन बेवास्ता गरेको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेको छ ।
विद्यार्थीका माग सम्बोधन गर्न क्याम्पस प्रशासन उदासिन भएकोले तोडफोड गरिएको नेपाल बिद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष रुपेशचन्द्र खनालले स्वीकार गर्नुभयो ।
क्याम्पसमा बृद्धि गरीएको शुल्क फिर्ता लिनुपर्ने, बिगि्रएका भौतिक पूर्बाधारको पुनःनिर्माण गर्नुपर्ने, शैक्षिक गुणस्तर सुधारका लागि पहल गर्नुपर्नेलगाएत १४ बुँदे मागसहित बिद्यार्थीहरुले माग १८ गतेदेखि २२ गतेसम्म्ाको अल्टिमेटम दिएका थिए । तर आजसम्म पनि माग पूरा गराउन क्याम्पस प्रमुखले बेवास्ता गरेको तथा बार्ता गर्न तोकेको समयमा मोबाईल स्वीचअफ गरि बसेको नेविसंघको आरोप छ ।