अर्घाखाँची- ने क पा (मशाल) जिल्ला समिति अर्घाखाँचीको आयोजनामा शहिद टंक भुसालको ४२औ स्मृति दिवस सन्धिखर्कमा सम्पन्न भएको छ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघ केन्द्रिय उपाध्यक्ष कृष्ण केसी, शहिद टंक भुसालकी धर्मपत्नी सरस्वता भुसाल,अखिल नेपाल युवक संघ केन्द्रिय उपाध्यक्ष राजेन्द्र नेपाली, किसान संघ जिल्ला अध्यक्ष बुद्दि गैरे, अखिल नेपाल महिला संघ के.स. मिना केसी र जिल्ला सदस्य मजन्ता नेपाली लगायतले शहिद टंक भूसालको फोटोमा माल्यार्पण, १ मिनेट मौनधारण गर्नुका साथै मन्तब्य राख्नु भएको थियो।
बोल्ने बक्ताहरुले सहिद टंक भुसालको योगदान र बिरतालाइ कहिल्यै भुल्न नहुने र उहाले देखाएको बाटो अजर र अंम्मर हुने भन्दै नयाँ पुस्ताले शहीदलाइ यथोचित रुपमा सम्मान गर्न नसकेको र सता स्वार्थमा रुमलिदा शहीद परिवार प्रती उचित सम्मान हुन नसकेको तितो यथार्थको स्मरण गरेका थिए।
कार्यक्रम वामपन्थी बूद्दिजिवी पिताम्वर भट्टराइको अध्यक्षता, खिमराज भट्टराइको स्वागत र ने क पा ( मशाल) जिल्ला प्रवक्ता कमल भुसालको सन्चालन सम्पन्न भएको थियो।