काठमाडौ – प्राप्त समाचार अनुसार सिन्धुलीवाट काठमाडौ जाँदै गर्दा आज विहान बसमै एक महिलाले बच्चा जन्माएकी छिन् । हर्षाही गाविस ५ का उत्तराम सार्कीकी श्रीमती वर्ष ३५ की शोभा सार्कीले सिता यातायातमा छोरा जन्माएकी हुन् ।
६ महिनाको गर्भ जाच गर्न जाँदा स्वास्थ्य अवस्था नराम्रो भएको भन्दै स्वास्थ्यकर्मीले काठमाडौ जान सल्लाह दिएपछि काठमाडौ जाने क्रममा काठमाडौको कलंकी नजिक बसमै वच्चा जन्मिएको र नजिकैको क्लिनिकमा स्वास्थ्य जाचँ गराउदा बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको बसमै यात्रा गरेका अमले सिन्धुलीका केशव गौतमले जानकारी दिनुभएको छ ।