अन्टुक अर्घाखाँची अध्यक्ष भुसाललाई पितृशोक,सन्धिखर्क स्थित गच्छेघाटमा अन्तिम दाहसंस्कार(तस्बिर सहित)

-गोपाल प्रसाद भट्टराई।

बैशाख-०३,अर्घाखाँची- अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) जिल्ला अध्यक्ष इन्द्रमणी भुसाललाई पितृशोक परेको छ ।

May be an image of 3 people

अखिल नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष समेत रहनुभएका भुसालका पिता रिषिराम भुसालको ८० वर्षको उमेरमा बुधवार उपचारको क्रममा छायाँ हस्पिटल प्रा.ली.सन्धिखर्कमा निधन भएको हो ।

May be an image of 9 people and timber yard

स्वर्गिय भुसालका इन्द्रमणी र लक्ष्मण गरि दुई छोरा र तिन बहिनी छोरी हुनुहुन्छ । लक्ष्मण पनि अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनका जिल्ला सदस्य रहेको अन्टुक केन्द्रिय उपाध्यक्ष गोविन्द वि.सी.ले जानकारी दिनुभएको छ ।

May be an image of 12 people

लामो समयदेखि दिर्घरोगले ग्रस्त हुनुभएका रिषिरामको बुधबार मृत्यु भएपछि उहाँहरुलाई पितृशोक परेको छ । वि.सं.२००१ सालमा जन्मेका स्वर्गीय रिषिराम राष्ट्रिय जनमोर्चामा आवद्ध रहेर समाजसेवा र परिवर्तनको आन्दोलनमा भूमिका खेल्दै आउनुभएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.को भनाई छ ।

May be an image of 9 people and timber yard

स्वर्गिय भुसालको निधनको समाचार सार्वजनिक भए लगत्तै उहाँलाई श्रदान्जली दिन अस्पतालमै आफन्त, शुभेच्छुक र स्थानीयवासीको भीड लागेको थियो । स्वर्गिय भुसालको बुधबार नै सन्धिखर्क स्थित गच्छेघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

May be an image of 11 people, timber yard and tree

दाहसंस्कार पूर्व उहाँलाई अन्तिम श्रदान्जली र सम्मान दिन राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले गच्छेघाटमै शोकसभा पनि सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर वि.सी.ले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाई गर्नुभएको थियो ।

May be an image of 8 people, tree and timber yard

गच्छेघाटमा सहभागी पार्टीका नेताहरु, शुभचिन्तक र आफन्तजनहरुले उहाँको पार्थिव शरिरमा फुल तथा अभिर चढाएर श्रदान्जली दिएपश्चात शोकसभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी.ले सम्बोधन गर्नुभएको थियो ।

May be an image of 9 people, tree and timber yard

भेषराज भुसालको संचालनमा सम्पन्न शोकसभामा बोल्दै राजमो केन्द्रिय सदस्य के.सी.ले स्वर्गिय भुसालको जिवन शैली अनुशासित, सरल र सहयोगी स्वभावमा बितेको स्मरण गर्नुभएको छ ।

May be an image of 10 people

समाज रुपान्तरण, समाज सेवा र कम्युनिष्ट आन्दोलनको विकासका लागि उहाँको अतुलनिय योगदान रहेको भन्दै नेता के.सी.ले स्वर्गिय भुसाललाई श्रदान्जली
व्यक्त गर्नुभएको छ ।

May be an image of 9 people and timber yard

शोक सभामा एमाले जिल्ला सदस्य जगत खड्का, माओवादी नेता बिष्णु बन्जाडे, रास्वपाका जिल्ला संयोजक हरि प्रसाद भुसाल सहित राजमोका विभिन्न तहका नेता तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

थप तस्बिर: 

May be an image of 9 people

May be an image of 9 people and timber yard

May be an image of 5 people

May be an image of 10 people and timber yard

May be an image of 9 people and timber yard

May be an image of 9 people