पाकिस्तानका प्रधानमन्त्रीद्बारा मन्त्री मण्डल पुनःगठन गर्ने

पाकिस्तानका प्रधानमन्त्री युसुफ राजा गिल्लानीले आज मन्त्री म‍ण्डलको बैठकमा मन्त्री मण्डलका सबै मन्त्रीहरुको राजीनामा-पत्र ग्रहण गर्नु भएको छ। यसबाट पाकिस्तानको वर्तमान मन्त्री मण्डल विघटन भएको छ।

          पाकिस्तानका अधिकारीकाअनुसार, खर्च कम गर्न र सरकारको छबिलाई माथि उकास्नका लागि श्री गिल्लानीले सानो मन्त्री मण्डलको पुनःगठन गर्नुहुने छ।

          पाकिस्तानका अधिकारले मन्त्री मण्डलका मन्त्रीहरुले वर्तमान मन्त्री मण्डलको अन्तिम बैठकमा श्री गिल्लानीसक्षम राजीनामा-पत्र पेश गर्नुभएको कुरा बताउनुभयो। साथै उहाँले श्री गिल्लानीले विगत तीन वर्षमा मन्त्री मण्डलका सदस्यहरुले आर्थिक विकास, संविधानको सुधारआदि क्षेत्रमा गरेको प्रयासको प्रशंसा गर्नुभयो।