गणतन्त्र कोरिया र प्रजातान्त्रिक जन गणतन्त्र कोरियाबीचको उच्च तहको सैनिक वार्ताको तयारी बैठक उपलब्धि बिहिन

गणतन्त्र कोरियाको रक्षा मन्त्रालयका एक अधिकारीले आज दक्षिण कोरिया र उत्तर कोरियाबीचको उच्च तहको सैनिक वार्ताको तयारी बैठक आजै दिउँसो सम्पन्न भएको र दुई पक्षबाट उच्च तहको सैनिक वार्ताको आयोजनामा कुनै पनि मतैक्य नभएको र आगामी पटकको भेट-वार्ताको समयबारे छलफल समेत नगरिएको बताउनु भएको छ।

                    आजै दक्षिण कोरियाको एकीकरण मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार, दक्षिण कोरियाको रेडक्रसले दक्षिण कोरिया र उत्तर कोरियाबीचको रेडक्रस वार्ता प्रस्ताव स्वीकार गरेको तर वार्ताको समय र ठाउँ निर्णय गरिएको छैन।

                    उत्तर कोरिया सरकार, राजनैतिक पार्टी र सामाजिक दलले यसै महिनाको एक तारिख प्योङ्गयाङ्गमा संयुक्त वक्तव्य प्रकाशित गर्दै दुई पक्षबीचको वार्ता निःशर्त रुपमा आयोजना हुने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसपछि उत्तर कोरियाका सम्बन्धित विभागहरुले दक्षिण कोरियाका सम्बन्धित विभागलाई वार्तासम्बन्धी अनेकौं प्रस्ताव प्रस्तुत गरेका छन्। दक्षिण कोरियाले उच्च तहको सैनिक वार्ता हुनका लागि तयारी बैठक र रेडक्रस वार्ता मात्र स्वीकार गरेको छ।