फोहोरमैला ब्यबस्थापन सम्बन्धि अन्तरकि्रया

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची २६ माघ । अर्घाखाँचीको सन्धिखर्कमा फोहोरमैला ब्यबस्थापन सम्बन्धि अन्तरकि्रया कार्यक्रम समपन्न भएको छ ।

 

दीर्घकालिन रुपमा सन्धिखर्क र आसपासका क्षेत्रमा रहेको फोहरको कसरि ब्यबस्थापन गर्न सकिन्छ भन्ने बिषयमा अन्तरकि्रया कार्यक्रममा छलफल भएको छ ।

 

कार्यक्रममा फोहोरमैला ब्यबस्थापन जिल्ला स्तरिय निति तर्जुमा बिषयक कार्यपत्र डिलाराम पाण्डेले प्रस्तुत गर्नु भएको थियो ।

 

कार्यपत्रमा जिल्ला कृषि बिकास कार्यलयका कृषि बिकास अधिकृत यमनारायण देबकोटा जिबिसका योजना तथा प्रशासकिय अधिकृत धु्रुब गिरी कार्यक्रम अधिकृत हरिस्चन्द्र भुसाल नेपाली काग्रेसका जिल्ला सदस्य लोकेन्द्र बिक जिल्ला बन अधिकृत सुरेस िसंह जिल्ला शिक्षा अधिकारी सूर्यप्रसाद भुसाल जिल्ला स्वास्थय कार्यलयका प्रमुख डां चित्रप्रसाद शर्मा वाग्ले रेडियो देउरालीका स्टेशन म्यानेजर बिष्णुप्रसाद भुसाल स्थानीय सान्ति समितिकि संयोजक यमुना भुसाल बजार सुधार समितिका नारायण बन्जाडे यमराज पाण्डे शैलेन्द्र भुसाल लगायतले टिप्पणी गर्नु भएको थियो ।

 

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जिल्लाका सबै मिलेर अगाडी बढेमा सुन्दर अर्घाखाँचीको निर्माण गर्न सकने बताउनु भयो ।

 

कार्यक्रम स्थानीय बिकास अधिकारी पुण्य बिक्रम पौडेलको सभापतित्व र शेसकान्त घिमिरेको संचालनमा सम्पन्न भएको हो ।



अन्य समाचारहरु