सँयुक्त राष्ट्र संघ सुरक्षा परिषदका अध्यक्षले हिजो वक्तव्य प्रकाशित गरी सुडानको दक्षिणी भागमा गरिएको मतदानको नतिजाको स्वागत गरेको छ। हिजो सँयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि ली पाउ तुङ्गले सुडानका जनताको इच्छा तथा छनौटको चीनले कदर गरेको छ भन्दै देशको शान्ति प्रक्रियाका लागि सुडानको दक्षिण र उत्तर पक्षले गरेको प्रयासको प्रशङ्सा गर्नुभएको छ।
सुडानको परिस्थितिबारे राष्ट्र संघीय सुरक्षा परिषदले हिजो बैठकको आयोजना गरेको छ। सो अवसरमा सुरक्षा परिषदका वर्तमान अध्यक्ष मारिया लुईजा भिवटीले आफ्नो वक्तव्यमा जुलाई नौ तारिखपछि एउटा स्वतन्त्र मुलुकका रुपमा अन्तर्राष्ट्रिय समाजमा संलग्न हुनका लागि सुडानको दक्षिणी भागको स्वागत गर्नुभएको छ।
गत सात तारिखका दिन सुडानको दक्षिणी भागका नागरिक मतदान समितिले गत महिनामा आयोजना गरिएको मतदानको अन्तिम नतिजा घोषणा गरेको छ। 98.83 प्रतिशतका मतदाताले दक्षिणी भागलाई सुडानबाट छुट्याउन स्वीकार गरेका छन। सम्बन्धित योजनानुसार सुडानको दक्षिणी भागले जुलाई नौ तारिखमा स्वतन्त्रताको घोषणा गर्ने भएको छ।