उत्तर कोरियाद्वारा उत्तर र दक्षिण कोरियाली पार्टीबीच वार्ताका लागि औपचारिक प्रस्ताव

दक्षिण कोरियाली संयुक्त सम्वाद समिति जस्ता सञ्चार माध्यमहरुले जनाएअनुसार उत्तर कोरियाली एशिया प्रशान्त शान्तिपूर्ण समितिले दक्षिण कोरियाका चार वटा सत्तारुढ र बिपक्षी पार्टीहरुलाई पत्र पठाएर प्रजातान्त्रिक जन गणतन्त्र कोरिया र गणतन्त्र कोरियाबीचको सम्बन्ध सुधारका लागि पार्टीबीच भेट-वार्ता गर्न औपचारिक प्रस्ताव राखेको छ।

               प्राप्त जानकारीअनुसार, एशिया प्रशान्त शान्तिपूर्ण समितिले ग्रान्ड राष्ट्रिय पार्टीलाई पठाएको पत्रमा सत्तारुढ तथा विपक्षी पार्टी ,प्रगतिशील वा कट्टरपन्थी, उत्तरले दक्षिण कोरियाका विभिन्न पक्षहरुसित खुलस्त वार्ता गरी कोरियाली जातिको महाकार्यबारे छलफल गरी देशको एकीकरणका लागि महत्वपूर्ण योगदान गरिने आशा व्यक्त गर्न चाहन्छ भनिएको छ।