पहरामा लहरा भई, बेर्ने मेरो काम भयो-गजल

द कैलाश राई
यूएई-आबुधाबी


सजिएअर डोली चडाईदेउ, हेर्ने मेरो काम भयो
बिछोडमा आफ्नै घाटी, सार्ने मेरो काम भयो 


हिजोका ति वाचाहरु , आज तोडे पछी
परेली यो आसुले नै, घेर्ने मेरो काम भयो


रुवाएर गए पछी , ति कोइली चरी सरी
बेदनामा स्वरहरु, फेर्ने मेरो काम भयो


पाइलै पछी चोटहरु , बाँच्नै पर्दा शहरमा
पहरामा लहरा भई, बेर्ने मेरो काम भयो