प्यालेष्टाइन मुक्ति संगठनअन्तर्गत कार्यकारी समितिले हिजो चालू वर्षको सेप्टेम्बर महिनाको अन्त्यअघि प्यालेष्टाइन राष्ट्रिय परिषदका अध्यक्ष र बिधायिका समितिको निर्वाचनको आयोजना गर्ने योजना बनाएको छ।
प्यालेष्टाइन राष्ट्रिय परिषदका अध्यक्ष महमोद अब्बासका एक सहायकले हिजै उक्त सूचना जारी गर्नु भएको हो। उक्त सहायककाअनुसार, छिटोभन्दा छिटो निर्वाचन आयोजना गर्ने प्यालेष्टिनी जनताको इच्छा हो। श्री अब्बासले प्यालेष्टाइनको विभिन्न राजनैतिक समुदायले निर्वाचनबारे छिटोभन्दा छिटो वार्ता र छलफल गर्ने आशा व्यक्त गर्नुभयो।
प्यालेष्टिनी इस्लामिक प्रतिरोधी आन्दोलन-हमासका प्रवक्ताले हिजै हमासले यस पटकको निर्वाचन “अप्रभावकारी र अवैधानिक” हुने ठहर लिएको र हमास यस पटकको निर्वाचनमा सहभागी नहुने कुरा बताउनुभयो। उक्त प्रवक्ताले निर्वाचन हुनुअघि प्यालेष्टाइनले सर्वप्रथम राष्ट्रिय मेलमिलाप साकार तुल्याउनुपर्ने कुरामा जोड दिनुभयो।