मार्च महिनादेखि भारत र पाकिस्तान बीचको चौतर्फी शान्ति वार्ता क्रमश पुनःसुरु हुने कुरा पाकिस्तानी विदेश मन्त्रालयका सचिव सलमान बशिरले हिजो बताउनुभएको छ।
उहाँका अनुसार, पाकिस्तान र भारतले चौतर्फी शान्ति वार्ता पुनःसुरु गर्ने कुरा सहमति गरिसकेका छन्। यससित सम्बन्धित वार्ता मार्च महिनादेखि सुरु हुने छ। त्यसपछि दुई पक्षले अनेकौं बैठक गर्ने छन्। जुलाइ महिनाअघि वार्ता कार्यक्रम पूरा गर्ने कुरा दुई पक्षले सहमति गरेका छन्।
दश तारिखका दिन पाकिस्तान र भारतले संयुक्त वक्तव्य प्रकाशित गरेर सन् 2008देखि स्थगित चौतर्फी शान्ति वार्ता प्रगति पुनःसुरु गर्ने निर्णय गरेको हो।