इजिप्टमा सेनाद्वारा संसद भंग गर्नुका साथै संविधान निलंबित गरिएको घोषणा


इजिप्टमा शैन्य परिषदका अधिकारीहरुले संसद भंग गर्नुका साथै संविधान समेत निलंबित गरिएको घोषणा गरेका छन।

 

इजिप्टको सेनाले शत्ताको बागडोर देशको निर्वाचित सरकारलाइ सुम्पने प्रतिबद्धता प्रकट गरेको छ। शैन्य परिषदका अधिकारीहरुले राष्ट्रिय टेलिभिजनमा एक वक्तव्य जारी गर्दै नागरिकहरुलाइ सत्ता हस्तान्तरण गरिने स्पष्ट पारेका हुन्। यद्यपी उनीहरुले सत्ता हस्तान्तरणको समयसिमाबारे भने केही उल्लेख गरेका छैनन्। सेनाको सो भनाइलाइ अमेरिका र इजरेलले स्वागत गरेका छन्।

 

३० वर्षसम्म इजिप्टको सत्तामा रहेका राष्ट्रपति होस्नि मुबारकले शुक्रवार पदबाट राजिनामा दिदै राष्ट्रपतिको कार्यभार देशको शैन्य परिषदलाइ सुम्पेका थिए। अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजिप्टको हालैको राजनैतिक घटनाक्रमलाइ ऐतिहासिक परिवर्तनको संज्ञा दिदै यसको श्रेय इजिप्टको नागरिकलाइ जाने बताएका छन्।

 

इजिप्टमा १८ दिन लामो प्रदर्शनपछि मुबारकलाइ आम नागरिकहरुले सत्ता छाड्न बाध्य बनाएका हुन्। इजिप्टमा बढ्दो बेरोजगारी भ्रष्ट्रचार, मूल्यबृद्धि र गरिवी लगायतका कारणहरुले आम नागरिक मुबारकको शासन ब्यवस्थाबाट दिक्क भएर प्रदर्शनमा उत्रिएका थिए।